Dec 6, 2020

शेयरबजारमा नया लगानीकर्ताहरुले बुझ्नु पर्ने बिषय

 

नारायण लाल श्रेष्ठ


“ हरेक बुलमा दुई किसिमको मानिसहरु आउँछन। एउटा अनुभव वोकेर अर्को पैसा बोकेर। जब वुल सकिन्छ अनि पैसा बोकेर आउनेले गज्वबको अनुभव बोकेर फर्किन्छ भने अनुभव बोकेर आएको मानिसहरु गज्जबको पैसा बोकेर फर्किन्छ।“ (COPIED) लेखेको फेसवुकमा यत्र तत्र सर्वत्र पढन पाइयो। विगत लामो समयदेखि नेपालको शेयर बजारमा देखिने तितो तर सत्य यथार्थ यहि हो। शेयर वजारमा लगानीकर्ताहरुलाइ यसरि पनि त्रिचणगर्न सकिन्छ।काठमाण्डौंको अति व्यस्त सडक,
पहिलो एउटा चार वर्षको एक्लो वालक सडकपारि जाने प्रयासमा,
दुइ कदम अगाडि वढाउँछ तर सडकमा गाडीको रफ्तार देखेर फेरि चार कदम पछाडि गर्छ अगाडि वढन सक्दैन चिन्ता तथा हडवडमा अन्यौलमा,
तर अर्को दोश्रो चार वर्षको वालक आफ्नो आमा वुवाको हाथ समाइ आरामले सडक पारगर्छ विना कुनै चिन्ता तथा हडवड,
त्यसैले शेयर बजारका पुराना तथा अनुभवि लगानीकर्ताहरुले पैसा बोकेर आउने नयाँ लगानीकर्ताहरुलाइ सहि सल्लाह तथा सुझाव दिदा उनीहरु नोक्सानीमा जानवाट जोगिन्छन तथा शेयर वजारवाट नाफा कमाउन सक्छन । अनि शेयर वजार जुवा हो भन्नेलाइ गतिलो झापडमा परिणत हुन्छ ।
नयाँ लगानीकर्ताहरुको अवस्था पहिलो एक्लो वालक सरहको भएकोले अन्योलमा छन निराशामाछन नोक्सानीमा छन । त्यसैले अर्को दोश्रो वालकको आमा वुवा सहितको वालक वनाउन शेयर बजारका पुराना तथा अनुभवि लगानीकर्ताहरुले MENTOR (संरक्षक) को भुमिकामा आउनु पर्यो जसवाट पैसा बोकेर आउने नयाँ लगानीकर्ताहरुले नोक्सानी व्यहोर्नु नपरोस ।
नयाँ लगानीकर्ताहरुको शेयर बजारको सम्वन्धमा प्रश्नहरु पनि वालक सरहनै हुन्छन र वारम्वार एउटै प्रश्न सोधिरहेका पनि हुन सक्छन त्यसैले अलिकति पनि झर्को नमानी उनीहरुका हरेक प्रश्नका उत्तरहरु वारम्वार दिनुपर्छ ।
- पैसा मात्र वोकेर आउने नयाँ लगानीकर्ताहरुले वजार सधै हरियोनै हुन्छ भन्ने मानसिकता वनाउछन तर वास्तविकता ठिक विपरित हुन्छ वजार कहिले हरियो हुन्छ त कहिले रातो हुन्छ जुन शेयर वजारकै सुन्दर पक्ष हो।
- कम्पनीको विगतका वर्षहरुमा कतिसम्म न्युनतम मूल्य थियो तथा कतिसम्म अधिकतम मूल्य थियो त्यसको जानकारि विनानै अरुको लहैलहैमा लागेर जस्तो सुकै कम्पनीका शेयरहरु किन्छन । कम्पनीको विगतका वर्षहरुमा कतिसम्म न्युनतम मूल्य थियो तथा कतिसम्म अधिकतम मूल्य थियो भन्ने जानकारि भएमा केहि सावधानीका उपायहरु अपनाउन सकिन्थ्यो होला तर त्यसो हुन पाउदैन ।
- कम्पनीहरुको विगतका वर्षहरुमा कतिसम्म न्युनतम मूल्य थियो तथा कतिसम्म अधिकतम मूल्य थियो त्यसको सामान्य जानकारिकालागि वर्णानुक्रम अनुसार केहि कम्पनीहरुको वास्तविक मूल्य एकपटक सरसरति हेरम है ।
- CHHIMEK LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( CBBL )
सन् २०११/०६/०२ का दिन रु.२३३/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०७/०४ का दिन रु.२,६८८/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१७/०१/३१ का दिन रु.८२९/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/१२/०२ का दिन रु.७५१/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१,५४५/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- CITIZEN INVESTMENT TRUST ( CIT )
सन् २०११/०७/०७ का दिन रु.४०५/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०७/०५ का दिन रु.५,६१०/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१८/१२/१३ का दिन रु.रु.१,५७७/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/१२/०९ का दिन रु.१,६७८/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/११/२२ का दिन रु.५,१००/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.४,९५०/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- EVEREST BANK LIMITED ( EBL )
सन् २०१२/०३/१३ का दिन रु.६५०/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/११/१७ का दिन रु.३,९२०/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/०२/१७ का दिन रु.५०१/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.७०२/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- FORWARD MICROFINANCE LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( FOWAD )
सन् २०१७/०५/२१ का दिन रु.१,०५१/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१७/०८/०३ का दिन रु.४,१४०/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/१२/३१ का दिन रु.१,०५५/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.२,०८५/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- HIMALAYAN BANK LIMITED ( HBL )
सन् २०११/०६/१५ का दिन रु.३८०/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०९/०६ का दिन रु.१,७१४/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/०२/१४ का दिन रु.४०८/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.६९९/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- LIFE INSURANCE CORPORATION NEPAL LIMITED ( LICN )
सन् २०११/०७/११ का दिन रु.४०७/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१४/०७/०८ का दिन रु.४,३०४/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/११/२५ का दिन रु.८९२/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१,९७०/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- NABIL BANK LIMITED ( NABIL )
सन् २०११/०३/२० का दिन रु.१,१६०/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१५/०८/२० का दिन रु.२,७९४/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/०६/२९ का दिन रु.५९४/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१,१४०/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- NEPAL INVESTMENT BANK LIMITED ( NIB )
सन् २०१२/०४/०५ का दिन रु.३५५/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०४/२० का दिन रु.१,२२४/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/०६/२९ का दिन रु.३३५/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.४९६/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- NEPAL LIFE INSURANCE COMPANY LIMITED ( NLIC )
सन् २०११/०९/१९ का दिन रु.५२५/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१४/०४/३० का दिन रु.५,७६०/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/०९/३० का दिन रु.७४९/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१,९५५/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- NIRDHAN UTTHAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( NUBL )
सन् २०१२/०८/२६ का दिन रु.१५१/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०७/०४ का दिन रु.२,६८०/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१८/१२/०५ का दिन रु.६८४/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१,२४३/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- SWABALAMBAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( SWBBL )
सन् २०११/०६/१६ का दिन रु.१५४/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०७/०४ का दिन रु.३,२२०/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/०२/१८ का दिन रु.७७०/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१,६६५/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- UNILEVER NEPAL LIMITED ( UNL )
सन् २०११/०९/०७ का दिन रु.४,७८१/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०१६/०५/०३ का दिन रु.३६,०००/- सम्म प्रति कित्ता अधिकतम मूल्यमा कारोवार भएको ।
सन् २०१९/१२/१७ का दिन रु.१७,१८५/- सम्म प्रति कित्ता न्यूनतम मूल्यमा कारोवार भएको ।
सन् २०२०/१२/०३ का दिन रु.१९,७९९/- प्रति कित्ता अन्तिम कारोवार मूल्य कायम भएको ।
- माथि देखिएको विवरणहरुवाट शेयरको मूल्य विभिन्न कारणहरुवाट निक्कै उतार चढाव भएको स्पष्टरुपमा देख्न सकिन्छ । यस कारणलेगर्दा शेयर वजारमा शेयरको न्यूनतम मूल्य कति हो तथा अधिकतम मूल्य कति हो भनि कसैले पनि एकिनकासाथ भन्न सक्दैनन् त्यसैले अनुभव नभएका नयाँ लगानीकर्ताहरुले शेयर वजारमा एकै पटक लगानीनगरि विभिन्न चरणहरुमा लगानीगर्नु पर्दछ भन्ने कुरा सधै हेक्का राख्नु पर्दछ ।
- अव प्रश्न उठन सक्छ शेयर वजारमा कस्तो रकम लगानी गर्ने । यस सम्वन्धमा मेरो स्पष्ट धारणा यो छ कि हामीले बैंकमा वचत तथा मुद्यति खातामा राखेको रकम मात्र शेयर वजारमा लगानीगर्नु पर्दछ किनकि बैंकको वचत तथा मुद्यति खातामा राखेको रकमले जति व्याज आर्जन गर्छ त्यसको तुलनामा शेयर वजारमा राम्रा राम्रा कम्पनीहरुको शेयरमा लगानीगर्ने हो भने वैकवाट प्राप्तहुने व्याज रकमको तुलनामा दुइ तिन गुणा वढि रकमसम्म आर्जन गर्न सक्ने प्रवल सम्भावनाहुने भएकोले शेयर वजार रकम लगानीगर्नु पर्दछ ।
- शेयर वजारमा वैंकवाट ऋण लिएर अथवा घर जग्गा वेचेर लगानीगर्न उपयुक्त छ कि छैन भन्ने प्रश्न उठन सक्छ । यस सम्वन्धमा मेरो स्पष्ट धारणा यो छ कि तपाइ हामीलाइ शेयर वजार सम्वन्धी जानकारि तथा अनुभव नभएकोले त्यसरि ऋण ल्याएर अथवा घर जग्गा वेचेर शेयरमा लगानीगर्न हुदैन ।
- नयाँ लगानीकर्ताहरुको अर्को एउटा ठुलो समस्या हुन्छ कुन शेयरमा लगानीगर्ने ? यो सवैभन्दा मूख्य कुराहुनुका साथै चुनौतिपुर्ण कार्य हो । मलाइ लाग्छ अहिले शेयर वजारमा दुइ सय पचास भन्दा वढि कम्पनीहरुको शेयर कारोवार हुन्छ । यसकालागी सम्वन्धित कम्पनीहरुको फण्डामेन्टल एनालेसिस लगायत धेरै कुराहरु हेर्नु पर्छ जुन नयाँ तथा अनुभव नभएका लगानीकर्ताहरुकालागि फलामको च्युरा सावित हुन्छ । त्यसैले मैले यो शेयर वजारमा विताएको दुइ वर्षको अनुभवका आधारमा वर्णानुक्रम अनुसार वत्तिस वटा कम्पनीहरुको नाम दिन्छु त्यस मध्ये कम्पनीहरु छनौटगर्नु होला । यसमा अति राम्रा, राम्रा तथा अलि कमशल खालका कम्पनीहरु पनि छन ।यस वाहेक अरु थुपै कम्पनीहरु पनि छन तर यहाँ नमूनाकालागि मात्र उल्लेख गरिएको हो है । तपाइ सक्षम हुनुहुन्छ भने अरु विभिन्न कम्पनीहरुमा पनि लगानीगर्न सक्नुहुन्छ ।
AGRICULTURAL DEVELOPMENT BANK LIMITED ( ADBL )
CHHIMEK LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( CBBL )
CHILIME HYDRO POWER COMPANY LIMITED ( CHCL )
CITIZEN INVESTMENT TRUST ( CIT )
DEPROSC LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( DDBL )
FORWARD MICROFINANCE LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( FOWAD )
GLOBAL IME BANK LIMITED ( GBIME )
HIMALAYAN BANK LIMITED ( HBL )
HIMALAYAN DISTILLERY LIMITED ( HDL )
JANAUTTHAN SAMUDAYIC LAGHUBITTA BIKAS BANK LIMITED ( JSLBB )
LIFE INSURANCE CORPORATION NEPAL LIMITED ( LICN )
NABIL BANK LIMITED ( NABIL )
NEPAL BANK LIMITED ( NBL )
NEPAL INVESTMENT BANK LIMITED ( NIB )
NIC ASIA BANK LIMITED ( NICA )
NEPAL LIFE INSURANCE COMPANY LIMITED ( NLIC )
NATIONAL LIFE INSURANCE COMPANY LIMITED ( NLICL )
NMB BANK LIMITED ( NMB )
NATIONAL MICROFINANCE LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( NMFBS )
NEPAL REINSURANCE COMPANY LIMITED ( NRIC )
NIRDHAN UTTHAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( NUBL )
PRIME COMMERCIAL BANK LIMITED ( PCBL )
PRABHU BANK LIMITED ( PRVU )
RASUWAGADHI HYDROPOWER COMPANY LIMITED ( RHPL )
SIDDHARTHA BANK LIMITED ( SBL )
SHIVAM CEMENTS LIMITED ( SHIVM )
SANJEN JALAVIDHYUT COMPANY LIMITED ( SJCL )
SANA KISAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( SKBBL )
SURYODAYA LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( SLBS )
SWABALAMBAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED ( SWBBL )
UNILEVER NEPAL LIMITED ( UNL )
UPPER TAMAKOSHI HYDROPOWER LIMITED ( UPPER )
- ओहो यि कम्पनीहरु मध्ये अति राम्रा राम्रा कम्पनीहरु कसरि छनौट गर्ने भन्ने फेरि प्रश्न आउन सक्छ त्यसैले मेरो सरल जवाफ छ हालकालागि ति कम्पनीहरुले गत विगत वर्षहरुमा दिएको प्रतिफलका आधारमा छनौट गर्नुहोस । तपाइले केहि समय शेयर वजारमा सक्रियताकासाथ समय व्यतित गरेपछि तपाइले लगानी गर्नु भएको शेयरले दिने प्रतिफल तथा क्यापिटल गेन हेरेर केहि समयको अन्तरालपछि तपाइ आफै दक्षहुनु हुनेछ ।
- यदि तपाइ एक लाख रुपैया शेयर वजारमा लगानीगर्न चाहनुहुन्छ भने कुनै एउटा कम्पनी रोजेर एक लाख रुपैयाको वीस प्रतिशत अर्थात वीस हजार रुपैयाको शेयर किन्नुहोस । अनि हरेक दिन तपाइले किनेको शेयरको मूल्य तपाइले किनेको मूल्यको तुलनामा वढ्यो कि घट्यो भनेर हेर्नुहोस ।
- यदि मानौ तपाइले ABC COMPANY को शेयर प्रति कित्ता १०० को दरले किन्नु भएको थियो तर अव एक छिनकालागि मानौ त्यसको मूल्य घटन शुरु भयो भने कतिसम्म घटदै जान्छ हेर्दै जानुहोस । घटने क्रम एउटा विन्दुमा पुगेर फेरि वढन शुरु हुन्छ ।यदि उक्त कम्पनीको शेयर ८५ वा सो भन्दा तल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको वीस प्रतिशत अर्थात वीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नु होस । फेरि वजार मूल्य घटेर ७० वा सो भन्दा तल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको वीस प्रतिशत अर्थात वीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नु होस । फेरि वजार मूल्य घटेर ५५ वा सो भन्दा तल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको वीस प्रतिशत अर्थात वीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नु होस । फेरि वजार मूल्य घटेर ४० वा सो भन्दा तल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको वीस प्रतिशत अर्थात वीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नु होस ।
- यदि मानौ तपाइले ABC COMPANY को शेयर प्रति कित्ता १०० को दरले किन्नु भएको थियो तर अव एक छिनकालागि मानौ त्यसको मूल्य वढन शुरु भयो भने कतिसम्म वढदै जान्छ हेर्दै जानुहोस । वढने क्रम एउटा विन्दुमा पुगेर फेरि घटन शुरु हुन्छ ।यदि उक्त कम्पनीको शेयर ११५ वा सो भन्दा माथिल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको वीस प्रतिशत अर्थात वीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नु होस । फेरि वजार मूल्य वढेर १३० वा सो भन्दा माथिल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको वीस प्रतिशत अर्थात वीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नु होस । फेरि वजार मूल्य वढेर १४५ वा सो भन्दा माथिल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको वीस प्रतिशत अर्थात वीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नु होस । फेरि वजार मूल्य वढेर १६० वा सो भन्दा माथिल्लो मूल्यमा पुगेको रहेछ भने फेरि एक लाख रुपैयाको वीस प्रतिशत अर्थात वीस हजार रुपैयाको सोहि कम्पनीको शेयर किन्नु होस ।
- भनाइको तात्पर्य तपाइले किनेको शेयरको मूल्य घटे पनि वढे पनि Systematic Investment Plan (SIP Investments) अनुसार लगानी गर्नुहोस । यो नै एक मात्र विकल्प हो नयाँ तथा अनुभव नभएका तपाइ तथा हामी जस्ता लगानीकर्ताहरुकालागि ।
- यदि तपाइ दुई लाख रुपैया शेयर वजारमा लगानीगर्न चाहनुहुन्छ भने कुनै दुई वटा कम्पनीहरुमा माथि उल्लेख गरिए वमोजीम SYSTEMATIC INVESTMENT PLAN (SIP INVESTMENTS)अनुसार लगानी गर्नुहोस । यदि तपाइ चार लाख रुपैया शेयर वजारमा लगानीगर्न चाहनुहुन्छ भने कुनै चार वटा कम्पनीहरुमा माथि उल्लेख गरिए वमोजीम SYSTEMATIC INVESTMENT PLAN (SIP INVESTMENTS) अनुसार लगानी गर्नुहोस । यदि तपाइ सात लाख रुपैया शेयर वजारमा लगानीगर्न चाहनुहुन्छ भने कुनै सात वटा कम्पनीहरुमा माथि उल्लेख गरिए वमोजीम SYSTEMATIC INVESTMENT PLAN (SIP INVESTMENTS)अनुसार लगानी गर्नुहोस । यदि तपाइ दश लाख रुपैया शेयर वजारमा लगानीगर्न चाहनुहुन्छ भने कुनै दश वटा कम्पनीहरुमा माथि उल्लेख गरिए वमोजीम SYSTEMATIC INVESTMENT PLAN (SIP INVESTMENTS) अनुसार लगानी गर्नुहोस ।
- यदि तपाइ दश लाख रुपैया भन्दा जतिसुकै वढि रकम शेयर वजारमा लगानीगर्न चाहनुहुन्छ भने कुनै दश वटा कम्पनीहरुमा समान रकम वाँडफाँडगरि माथि उल्लेख भए वमोजिम हरेक पटक वीस वीस प्रतिशतका दरले विभिन्न चरणहरुमा Systematic Investment Plan (SIP Investments) अनुसार लगानी गर्नुहोस ।
- तपाइले जानेकोकुराहरु मलाइ सिकाउने र मैले जानेका कुराहरु तपाइलाइ सिकाउने प्रक्रियाको थालनीगर्ने हो भने हामीहरु सवैको ज्ञान वृद्धि हुनेछ तथा हामीहरुले नजानेका कुराहरु हाम्रा अग्रज तथा अनुभवि पुराना लगानीकर्ताहरुसंग सोधेर, वुझेर तथा उहाँहरुले लेख्नु भएको स्टाटसहरु पढेर पनि शेयर वजार सम्वन्धि जानकारी प्राप्तगर्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु ।
- मैले लेखेको कुराहरु राम्रो लागेमा थम्सअपको साटो दुइ शव्द लेखिदिनु भएमा मलाइ अरु पनि पोष्ट लेख्न थप उर्जा प्रदान गर्नेछ त्यसैले थम्सअप नगर्नुहोला बरु आफुलाइ लागेको कुरा लेखेरै प्रतिक्रिया दिनुहोला।

No comments: