Feb 15, 2019

शेयर कारोवार शुरु गर्दा अपनाउनुपर्ने ५ नियमहरु


सतहि रुपमा भन्दा शेयर खरिद गर्दा त्याति धेरै कुराहरु सोचिरहनु पर्दैन शेयर किन्ने र बेच्ने हो, त्यो भन्दा बढि के गर्न सकिन्छ र ?
तर सबै मानिसले तपाइलाइ सुरुमा सोचे भन्दा धेरै कुराहरु छन भनेर भन्न सक्दछ । यो नै तपाईलाइ शेयर मा खरिदबिक्रि सुरु गर्दाको पहिलो सुझाव हुन सक्दछ ।

यहा शेयर खरिद बिक्रिका ५ वटा सम्झनुपर्ने नियम छन ।
१. पुर्ण रुपले तयार हुनुहोस
धेरैजसो कारोवारीहरु शेयर बजारमा सफल हुनका लागी तपाइले आफ्नो ब्यक्तित्व लाइ मिल्ने खरिदबिक्रिको सोचको बिकास गर्नु आवश्यक हुन्छ ।
सबैभन्दा पहिला तपाइलाइ निम्नानुसार निकर्यौल गर्नका लागी आत्म मुल्यांकन गर्न आग्रह गर्दछु ।


  •  शेयरबजारमा प्रवेश गर्नुको आफ्नो लक्ष्य र उद्धेश्य
  • आफ्नो व्यक्तिगत सक्षमता र कमजोरीहरु
  • जोखिम वहन गर्न सक्ने क्षमता
  • धैर्य गर्न सक्ने क्षमता
  • तयार हुनका लागी लागेको समय र खरिद बिक्रि गर्ने प्रतिवद्धता गर्न लागेको समय
  • आत्म विश्वासको तह
  • अनुशासन

आर्थिक व्यवस्थापन संग सम्वन्धित प्रश्नहरु


  • खरिद बिक्रिको लागी छुट्याएको पुजी
  •  जोखिम उठाउन सक्ने रकम
  •  आफ्नो सफल अवस्था कसरी निर्धारण गर्नु हुन्छ ?
  • एउटा कारोवारका लागी बढिमा कति सम्म पुजी रकम तयार गर्नु भएको छ ।
  • एक पटकमा बढिमा कतिसम्म जोखिम वहन गर्न सक्नुहुन्छ ?
  • आफ्नो शुरुवाती नोक्शानी कसरी निश्चित गर्नुहुन्छ ।
  • आफ्नो मुनाफाको लक्ष्य अथवा कारोवारवाट निश्कने आधार कसरी तयार गर्नुहुन्छ ?
  • पुजीको कति प्रतिशतसम्म नोक्शान भएपछि तपाइ कारोवार गर्न छोड्नुहुन्छ ।

प्रवेश गर्दा तयारी गर्नुपर्ने प्रश्नहरु


  • तपाइ शेयरवजारमा कस्तो खालको शेयर खरिद गर्नुहुन्छ ?
  • कति समयावधिमा तपाइ कारोवार गर्नुहुन्छ र बजारको गतिलाइ कसरी पहिचान गर्नुहुन्छ ?
  • लगानी का विभिन्न क्षेत्रहरुको विश्लेषणले तपाइको कारोवारको निर्णयलाइ असर गर्दछ ?
  • कुन अवस्थामा तपाइ कारोवारमा प्रवेश गर्ने निश्चित गर्नुहुन्छ ?
  • तपाइ बजार मुल्यमा कारोवार गर्नु हुन्छ कि आफुले तोकेको मुल्यमा ?


२. कारोवार योजना तयार गर्नुहोस

कारोवार योजनाले विविध कारणले तपाइको कारोवार सम्वन्धि उत्तेजनालाइ हटाएर निर्णय गर्ने क्षमतामा सहजीकरण गर्दछ जसवाट तपाइ प्रभावकारी ढंगले कारोवार गर्न सक्नुहुन्छ । कारोवार योजना निश्चित गर्नका लागी सबैकुराहरु लेख्ने गर्नु सबैभन्दा उत्तम तरिका हो ।
तपाइको कारोवार योजनाले तिनवटा वृहत क्षेत्रलाइ ओगटेको हुनुपर्दछ ।

  1. तपाइको कारोवार गर्ने मानसिकता (मनोवैज्ञानिक)
  2. तपाइको रकम व्यवस्थापत (आफ्नो अवस्था, पिरामिड रणनिति र बाहिरिने अवस्था)
  3. तपाइको कारोवारको तरिका (लगानीको शुरुवात गर्न आवश्यक कुराहरु, प्रक्रियाहरु छान्ने, दैनिक कार्यतालिका आदि)


एउटा बर्षौदेखि अनुभव गरिएको चिज के हो भने धेरै मानिसहरु राम्रोसंग कारोवार गर्नका लागी कारोवार योजना वनाउनुपर्छ भन्ने स्विकार गर्छन फेरी पनि उनिहरुलाइ ति सबै कुराहरु राखेर कहावाट शुरु गर्ने चाहि थाहा हुदैन ।

यसलाइ सहज ढंगले बुझौ । कारोवार गर्दा तपाइले तिनवटा मुख्य निर्णय लिनुपर्दछ र यदि हामीले यि  शव्दावलिहरु सोच्यौ भने र तपाइको कारोवार योजनाले सवैको जवाफ दियोभने  तपाइ सामान्य तवरले कारोवार योजना बनाउनुहुनेछ ।

  • कुन अवस्थामा तपाइ कारोवारमा प्रवेश गर्नु हुन्छ ?
  • तपाइ कति रकमको कारोवार गर्नुहुन्छ ?
  • कुन अवस्थामा तपाइ कारोवार वन्द गर्नुहुन्छ ?


३. कारोवार प्रक्रियालाइ पछ्याउनुस 

एकपटक तपाइले माथीका वस्तुहरुमा जानुहुन्छ, तपाइको अन्तिम खुड्किलो भनेको सवैलाइ एकठाउमा राखेर कारोवार योजना वनाउने हो । ति योजना पालना गर्न सघाउनको लागी, दैनिक कार्ययोजना वनाउनुपर्दछ जसले तपाइले आवश्यक कदम लिन मार्गदर्शन गर्दछ र अन्य विविध कारणले विचलित हुनवाट जोगाउछ ।
सातवटा कदमको प्रक्रियाले कारोवारीहरुले आवश्यक संरचना तयार गर्न र कार्यबिधि मा काम गर्ने गर्दछन
  1. पहिलो कदम ः भइरहेको कारोवार, नोक्शानी रोक्ने वा आवश्यक परेमा वाहिरिने उपलब्ध अवस्थाहरु हेर्दै गर्ने र मुल्यंकन गर्ने
  2. दोस्रो कदम ः सम्भावित कारोवार अवसरहरु छान्दै गर्ने
  3. तेस्रो कदम ः दोस्रो कदम वाट केहि कारोवार काटछाट गर्ने र छनौट गर्ने
  4. चौथो कदम ः शुरुवाति नोक्शानी रोक्ने निश्चय गर्ने
  5. पाचौ कदम ः कारोवार भइसकेको वा आफुसंग भएको शेयरको नाफाघाटा गणना गर्ने 
  6. छैटो कदम ः कारोवार, खरिद बिक्री गर्ने गर्ने
  7. सातौ कदम ः केहि अन्य तरिका अपनाउने र आफ्नो कारोवारलाइ उद्धेश्य प्राप्त गर्न दिने 


४. जग बसाउने 

कारोवार गर्दा एकदमै कम सोचिने कुरा भनेको उपर्युक जग बसाउने हो । शेयर भनेको कारोवार गर्न सवैभन्दा कम कठिन बित्तिय साधन हो भनेर वहस गर्न सकिन्छ त्यैले नया कारोवारी हरु सोचेअनुसार सुरुवाति विन्दु तयार गर्दछन । यति हुदापनि यो आश्चर्यजनक हुन्छ कि धेरै मानिसहरु शेयर बजारमा मुनाफा गर्न नसकेर धेरै कठिन बित्तिय साधन खरिद गर्दछन । “मैले शेयरमा नाफा कमाउन सकिन त्यसैले म योभन्दा अरुनै केहि गर्न चाहन्छु” भन्ने सोच सामान्य हो ।
बास्तविकता के हो भने यदि तपाइ शेयर राम्रोसंग कारोवार गर्न सक्नुहुन्न भने अन्य वित्तिय साधनको खरिदबिक्रिवाट नाफा कमाउने सम्भावना पनि अत्यन्तै कम हुन्छ ।
डेरिभेटिभ सामानहरु फ्युचरर्स, अप्सन्स, कन्ट्र्याक्ट र अहिलेको विदेशि विनिमय जस्ता लाभदायि साधनहरुले मानिसहरुलाइ आकर्षण गरेको देखिएको छ । यि वित्तिय सामानहरु खरिदबिक्रि गर्नका लागी कति सजिलो छ भन्ने कुरामा चै कसैले पनि सहयोग गरेका छैनन ।
जव यि नाफामुलक साधनहरु धेरैनै मुनाफाको अफर गर्दै गर्दा यि निश्चित रुपमा नै धेरै जोखिमपुर्ण भएकाले तपाइले नोक्शान व्यहोर्ने सम्भावना हुन्छ । अनुभविहरुका अनुसार अपुर्ण जानकारी भएकाहरुले शेयर साट्दा साट्दै  उनिहरुको पैसा मात्र गुमाउदैनन अझ धेरै र छिटो गुमाउने गर्दछन ।
धेरै सामान्य सोचअनुसार अनुभविहरु शुरुवातमा निम्न कुराहरु ध्यानमा राख्न अनुरोध गर्दछन ः सहि सोचको विकास गर्नुस, कारोवारको लक्ष्यहरु तयार गर्ने र लेख्ने गर्नुस, आफ्नो अनुसाशनमा काम गर्नुस, धैर्य भएर काम गर्नुस, भविश्यको लागी प्रतिवद्धता गर्नुस र त्सैअनुसार काम गर्नुस र केहि काम नलाग्ने कुराहरुमा समय बर्वाद गर्न छोड्नुहोस ।
५. अन्तिममा
ध्यानमा राख्नुपर्ने केही बुदाहरु

  • नम्र हुनुहोस तपाइ सवै कारोवार सहिनै रुपमा प्राप्त गर्नुहुन्न । प्राय तपाइ गलत प्रमाणित हुनुहुनेछ भन्ने तथ्य हो ।
  • प्रतिवद्ध हुनुहोस कारोवार गर्न सजिलो छैन र आधा मुटु लिएर तपाइ कतै पनि पुग्नुहुन्न ।
  • आफुलाइ शिक्षित बनाउनुहोस सिक्नको लागी धेरै कुराहरु छन र वास्तविक कारोवारवाट जव तपाइ सिक्नुहुन्छ, तपाइ भन्दा अगाडी अरुले गरिसकेको कामवाट तपाइ ठुलो रकम जोगाउनुहुनेछ । 
  • कारोवारलाइ विस्तारै र धैर्यतापुर्ण ढंगले लिनुहोस रातारात कारोवारहरु सफल हुदैनन । धेरैजसो मानिसहरुकालागी जिवनभरि असर गर्दछ र धेरैजसो निराशा र समाय र पैसाको बर्वाद गरेर यसको अन्त्य गर्दछन । 
  • सरल बनाउनुहोस मानिसहरुलाइ विषयलाइ कठिन बनाउने चाहना राखेका हुन्छन र समस्याको जटिल र गाह्रो  समाधानको विकास गर्दछन । जव हामाी कारोवार गर्न सजिलो छैन भन्ने स्वीकार गर्दछौ तव हामी सवैभन्दा गाह्रो समाधान(कारोवार योजना) मात्र का गर्दछ भन्ने सोच्दछौ । कारोवारमा सरलताले काम गर्दछ । 
  • बास्तविक हुनुहोस धेरै ठुलो आशा राख्नु तपाइको लागी राम्रो कुरा हो । जवकि अवास्तविक आशा राख्नु राम्रो होइन । धेरैजसो कारोवारीहरु सजिलै अवास्तविक लक्ष्यअनुसार कारोवार गर्नका लागी उद्यत हुन्छन । 
  • हि कुरामा ध्यान दिनुहोस धेरैजसो मानिसले गरे जस्तो तपाइ प्रवेश गर्ने कुरामा धेरै ध्यान नदिनुस । सरल बनाउनुहोस र अगाडी बढ्नुहोस जहा आफो शेयरको अवस्था, वाहिरिने अवस्था निर्धारण र अनुशासित र सफल लगानी को लागी सोच्नुहोस । 
  • तपाइले जे गरेपनि आफ्नो पुजी जोगाउनुस । यदि तपाइसंग पैसा भएन भने कमाउन पनि सक्नुहुन्न ।


No comments: