Jul 29, 2020

नेप्से अब कता जाला ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोवार गरिरहेका लगानीकर्ता अव बजार कता जाला भन्नेमा अलमलमा परिरहेको देखिन्छ । कोभिड १९ को त्रासका कारण गरिएको बन्दाबन्दी संगै झन्डै ३ महिना कारोवार बन्द हुन पुगेको बजारमा कारोबार खुले लगत्तै इन्डेक्स तल जाने अनुमान गरिएको थियो ।

बैशाख ३० र ३१ दुईदिन बजार खुल्दा इन्डेक्स झरेर लभगग १२५० मा बन्द भएपछि झन धेरै डर थपिएको थियो । त्यस लगत्तै सरकारले ल्याएको बजेटमा पुजीबजारलाई सम्बोधन गरेर कुनै सहुलियतपूर्ण कार्यक्रम नआएपछि कारोबार खुलाउन सबै डराएको अवस्था थियो । यहि दोधारका बिचमा असार १५ गते बजार खुल्दा पहिलो दिन बजार घटेपनि असार को बाकि अवधिमा इन्डेक्स बढ्न गई १३६२ अंकसम्म पुग्यो ।
लामो समयसम्म बियरिस मुढमा रहेको बजारमा बुलको यात्रा शुरु हुनुपर्नेमा कोभिड १९ ले लगानीकर्ताको मनोबल घटेपनि सामान्यतया श्रावण, भाद्रमा बजार बढ्ने गरेको र बिश्वबजारमा पनि पुजीबजार झन्डै रिकभर भइसकेको कारण पनि हौसला बढाउदै अगाडी बढिरहेको बेला श्रावण २ गते आएको मौद्रिक नीतिले तरलता बढाउने र बाणिज्य बैंकहरुको कर्जाको व्याजदर १ अंकमा झार्ने गरि यसबर्षको कार्यक्रम ल्याएका कारण सबै लगानीकर्ता उत्साहित बनेका थिए । त्यसैको परिणामस्वरुप मौद्रिक नीति तथा कार्यक्रम आएको भोलिपल्ट बजार खुल्ने बित्तिकै माथिल्लो सर्किट लगाई धेरै लगानीकर्तालाई कारोबार गर्नै नपाई बजार बन्द भयो । यसबाट सम्पुर्ण लगानीकर्ताहरु अब बजारलाई कसैले अबरोध गर्न नसक्नेमा ढुक्क थिए साथै दशै अगावै १८८१ को बिन्दु वा त्यो नभए कम्तिमा १६६८ को बिन्दु भन्दा माथी जानेमा आशावादी थिए तर दोस्रो दिन बजार खुल्ने बित्तिकै पहिलो माथिल्लो सर्किट लागेको नेप्से इन्डेक्स दिनभरमा भने अघिल्लो दिनको भन्दा तल बन्द भयो साथै तत्पश्चात कारोबार रकमले साथ दिदादिदै पनि समग्र इन्डक्स माथी जान नसकेको कारण अहिले लगानीकर्ता अलमल्ल परेको देखिन्छ ।
अब बजार कता जाला भन्नेमा प्रायः सबै बिश्लेषकले माथिकै यात्रा शुरु भैसकेको सामाजिक सञ्जालमा व्यक्त गरेका छन । त्यसैले दिर्घकालिन लगानीकर्ताहरु आत्तिनुपर्ने कुनै कारण नभएको बरु उल्टै बजारले शेयर खरिदको मौका दिएको सबैले बताएका छन । तर अल्पकालिन लगानीकर्ताका लागि भने अहिले बजारमा ठ्याक्कै यहि हुने भन्ने छैन र नेप्से साइडबेजमा रहेको बताइएको छ । अहिलेको ग्राफले इन्डेक्सलाइ १४३२ मा टेवा तथा १४६६ मा अवरोध रहेको बताउछ । त्यस्तै मैनबत्ति बिश्लेषणले पनि १४१७ भन्दा तल बजार नजाने र १४७५ भन्दा माथी जानपनि अवरोध श्रृजना हुने देखाएको छ । बजार धेरैनै तल आएपनि १३२५ भन्दा तल नजानेमा लगभग ढुक्क हुन सकिने तर १६३२ सम्म जान खासै गाह्रो अवस्था पनि छैन । अहिले इलिएट वेभअनुसारको गणनामा सि वेभ चलिरहेको जुन अलि लामो समय लाग्ने बिन्दु पनि हो त्यसैले अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बिश्लेषकहरुको भनाई छ । अहिलेलाई बजार धेरै नघटिकनै १६६८ बिन्दु कटाउने अनुमान लगाउन सकिन्छ । बिश्लेषक बिस्णु प्रसाद बस्याल पनि इन्डेक्स १४४० मा रोकिए तेस्रो वेभ को १५४० को बिन्दु पछ्याउने बताउनुहुन्छ ।


1 comment:

Unknown said...

Best eCOGRA Sportsbook Review & Welcome Bonus 2021 - CA
Looking for an eCOGRA Sportsbook Bonus? At this filmfileeurope.com eCOGRA Sportsbook review, we're talking about poormansguidetocasinogambling.com a 바카라 사이트 variety of https://deccasino.com/review/merit-casino/ ECCOGRA sportsbook 바카라 promotions.