Feb 18, 2019

सानिमाको अनलाइन सेयर कारोबार : समय र पैसासंगै ब्याजको पनि बचत

स्रोत ः बिज्पाटी डट कम

नेपालमै पहिलो भन्ने दाबीका साथ सानिमा बैंकले संचालनमा ल्याएको ‘थ्री इन वान अकाउन्ट’ सेवा बहस र चर्चाको बिषय बनिरहेको छ।
बैंकले अनलाइन मार्फत बिना कुनै झन्झट सेयर कारोबार गर्न सकिने भन्दै सार्वजनिक गरेको बिज्ञापनले आर्थिक मिडियाहरुका साथसाथै सेयरबजार र यसका सरोकारवालाको चाँसो बटुलिरहेको छ। 
सेयर कारोबार गर्नलाई 'बैंक वा ब्रोकर कार्यालय धाउन नपर्ने' आशय सहितको बिज्ञापन राखेर बैंकले यो सेवा संचालनमा ल्याएपछि आम सर्वसाधारणमा समेत बैंकले लाइसेन्स लिए बिना नै कसरि ब्रोकरेज सेवा दिन सक्छ जस्ता टिकाटिप्पणीहरु भैरहेका छन। बैंकले सम्बन्धित निकायबाट अनुमति लिए बिना यस्तो सेवा दिनै नपाउने टिप्पणी समेत बजारमा सुन्न पाइन्छ।
‘थ्री इन वान सानिमा खाता’को नाममा ‘नेपालकै पहिलो पटक सेयर खरिद तथा बिक्री अब एक क्लिक टाढा’ भनी  गरिएको बिज्ञापन  भ्रमपूर्ण रहेको भन्दै आलोचना भएपछि बैंकले परिमार्जित बिज्ञापन समेत सार्वजनिक गर्यो। बैंकले आफ्नो सेवाबारे बिज्ञापन गर्दा केहि भएकैले परिमार्जित बिज्ञापन ल्याएको आलोचकहरुको भनाई छ। 
बैंकले ‘थ्री इन वान सानिमा खाता’को नाममा संचालनमा ल्याएको यो सेवा साच्चिकै बजारमा चर्चा गरीएजस्तै कानुनबिपरित छ या यसको वास्तविकता अरु नै केहि छ भन्नेबारे आम पाठकको जिज्ञासा मेटाउनका लागि बिजपाटी डटकमले सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष जोशी र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबी सिंह गर्तौलासंग कुराकानी गरेको छ।
अनलाइन मार्फत नै सेयर कारोबार गर्न सकिने यो सेवा सानिमा क्यापिटलले सानिमा बैंकको सहकार्यमा ल्याएको हो। यो सेवामा सहभागी हुनलाई सेवाग्राहीसंग तीन प्रकारका खाता चाहिन्छ। पहिलो, यो सेवामा सहभागी हुनलाई सेवाग्राहीसंग सानिमा बैंकमा खाता हुनुपर्छ। पहिले नै खाता छ भने त्यसलाई नै प्रयोग गर्न सकिन्छ होइन भने अनलाइन मार्फत नै नयाँ खाता खोल्न सकिन्छ। 
दोस्रो, सेवाग्राहीसंग सानिमा क्यापिटलमा नै डिम्याट खाता हुनुपर्छ। यदि अन्यत्र कतैको डिम्याट खातामा सेयर छ भने उक्त सेयर सानिमा क्यापिटलमा खोलिएको डिम्याट खातामा नै हुनुपर्छ। यसका लागि पहिलेनै सानिमा क्यापिटलमा डिम्याट खाता छ भने त्यसलाई प्रयोग गर्न सकिन्छ, नभए अनलाइन मार्फत नै नयाँ डिम्याट खाता खोल्न सकिन्छ। 
तेस्रो, सेवाग्राहीसंग सानिमा क्यापिटलले उपलब्ध गराउने एक प्रकारको ब्रोक्रेज खाता हुनुपर्छ। यो ब्रोक्रेज खाता क्यापिटल आफैंले संचालन गरेको नभई केहि ब्रोकरहरुसंगको सहकार्यमा गरेको हो।
सेवाग्राहीले बैंकको खाता खोल्न बैंक कार्यालय नै धाउन पर्दैन। सानिमा बैंकको वेबसाइट मा गइ '३ इन १ एकाउन्ट' क्लिक गरेर अनलाइन मार्फत नै खाता खोल्न मिल्छ। यसमा बैंक खाता खोल्ने वित्तीकै डिम्याट र ब्रोक्रेज खाता स्वत: खोलिन्छ। तर यो खाता संचालन हुनलाई सेवाग्राहीले एक पटक आफु नजिकैको सानिमा बैंकको कार्यालय पुगेर केवाईसी भेरिफाइ गर्नुपर्छ। केवाईसी भेरीफाई हुनेबित्तिकै सेवाग्राहीले सानिमा बैंकबाट युजरनेम र पासवर्ड पाउँछन। त्यहि युजरनेम र पासवर्डबाट सिस्टम लगइन गरि नेपाल लगायत बिश्वभरबाट अनलाइन मार्फत नै सेयर खरिद बिक्रिको आदेश सेवाग्राहीले क्यापिटललाई दिन पाउनेछन।      
सानिमा बैंकको खाता, सानिमा क्यापिटलमा डिम्याट र ब्रोक्रेज आइडी भएपछि मात्र यो सेवाग्राही यो सेवामा सहभागी हुन पाउँछन। तर अनलाइन मार्फत सेयर कारोबार गर्नलाई सेवाग्राहीले पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस (पीएमएस) जस्तै सानिमा क्यापिटलसंग एक प्रकारको सम्झौता गर्नुपर्ने हुन्छ। जुन सम्झौतामा सेवाग्राहीले सेयर किन्ने वा बेच्ने आदेश दिएपछि उक्त आदेशअनुसार क्यापिटलले सेयर किनबेच गर्न पाउनेहुन्छ। क्यापिटल आफैले भने अन्य पीएमएस सेवा दिइरहेका संस्थाहरुले झैँ सेवाग्राहीको सेयर आफूखुसी किनबेच भने गर्दैन। 
सेयर किनबेच प्रक्रिया 
अनलाइन मार्फत सेयर किनबेच गर्ने अन्तिम अधिकार भने सेवाग्राहीसंग नै रहन्छ। 'थ्री इन वान सानिमा खाता' नामक सेवामा सहभागी भएपश्चात    सेवाग्राहीले एउटा युजर नेम र पासवर्ड प्राप्त गर्छ। र उसले जुनै बेलापनि क्यापिटललाई सेयर किनबेचको आदेश दिन सक्छ। अहिले २.५५ देखि ६ बजेसम्म सेटलमेन्ट समय भएकाले उक्त समयबाहेक कुनै पनि समय अनलाइन मार्फत सेयर किनबेचको आदेश दिन सक्नेछन।  
प्राप्त आदेशलाई रियल टाइम (तत्कालै) मा नै क्यापिटलले पालना गर्छ। सेवाग्राहीले दिएको आदेश सोहि दिन क्यापिटलले राफसाफ गरिदिन्छ। यसबाट सेयर बेचिसकेपछि पाउने पैसा क्यापिटलले सेवाग्राहीको सानिमा बैंकमा भएको खातामा हालिदिन्छ। त्यस्तै क्यापिटलले सेयर किन्ने आदेश पाएको हो भने सेयर किनीसकेपछि सेवाग्राहीको डिम्याट खातामा सेयर हाल्दिन्छ र सेवाग्राहीको बैंक खाताबाट पैसा काट्छ। 
समय र पैसाको बचत 
अहिले लगानीकर्ताले ब्रोकर मार्फत सेयर किन्दा पैसा तिर्न ब्रोकर कार्यालय जानुपर्छ वा अनलाइन मार्फत उसको बैंक खातामा ट्रान्सफर गर्नुपर्छ। त्यस्तै सेयर बिक्रि गरेको अवस्थामा डीआइएस स्लिप ब्रोकर खातामा छोड्न जानुपर्छ वा अनलाइन मार्फत सेटल गर्नुपर्छ। तर सानिमाबाट   अनलाइन मार्फत सेयर किनबेचको सेवा लिंदा सेवाग्राहीले सुरुमा खाता खोल्दा एक पटक केवाईसी फर्म भर्न मात्र उपस्थित हुनुपर्छ। नत्र भने कुनैपनि कामको लागि ब्रोकर वा अन्य कतै धाउनु पर्दैन। सबै कारोबार अनलाइन मार्फत नै हुन्छ। जसले गर्दा ब्यवस्त रहने सेवाग्राहीको समयको बचत हुन्छ। 
त्यस्तै अहिले अनलाइन मार्फत सेयर किन्दा किन्न चाहेको सेयरको लागि आवश्यक पर्ने कुल रकमको कम्तिमा २५ प्रतिशत शुल्क ब्रोकरलाई पहिले नै तिर्नुपर्ने हुन्छ। र सेयर बिक्रि गरिसकेपछि पनि पैसा पाउन कम्तिमा ३ दिन पर्खनु पर्ने हुन्छ। तर सानिमा क्यापिटलको यो सेवा मार्फत सेयर किन्दा सबै काम रियल टाइममा नै हुन्छ।  सेयर बिक्रि भएको पैसा नेप्सेको सेटलमेन्ट टाइम पश्चात स्वत: सेवाग्राहीको बैंक खातामा सिधै पैसा आउँछ। र सेयर किन्दा पनि सेयर किन्न चाहे बराबरको पैसा आफ्नो बैंक खातामा हुनुपर्ने भएकाले सेयर किनीसकेपछि पैसा बुझाउन ब्रोकर धाउनु पर्दैन। यसले गर्दा सेवाग्राहीको पैसा उसको आफ्नै बैंक खातामा आउने र होल्ड हुने हुँदा सेवाग्राहीले ब्याज बापत कुनै शुल्क गुमाउनु पर्दैन। 
सेवा सित्तैमा होइन 
सानिमा क्यापिटलले सेवाग्राहीको लागि सेयर किनबेच गर्ने सेवा दिए बापत केहि शुल्क लिने गर्छ। सेयर किन्दा र बेच्दा लाग्ने प्रकृया शुल्क बाहेक क्यापिटलले एक दिनमा एउटा सेवाग्राहीबाट बढीमा १०० रुपैयाँ र न्युनतम २० रुपैयाँ लिनेगर्छ।
सेवामा सहभागितामा आकर्षण 
हालसम्म करिब हजार भन्दा बढीले यो सेवा लिएका छन। यस्तो सेवा लिनेमा बढीजसो कर्मचारी, महिला, गृहिणी र विदेश बस्ने नेपालीहरु समेत छन। सेयरबजारबारे जानकारी भएपनि किनबेच गरि राफसाफ गर्नलाई समय नहुने बर्गका व्यक्तिहरुको सहभागिता बढी रहेको छ। सेयर किनबेच गर्ने आदेश प्राप्त भएपछिको सबैकाम क्यापिटलले नै गरिदिने भएकाले यो सेवा लिनेहरुको संख्या दिनानुदिन बढिरहेको छ। 
देशभरबाट सेयर किनबेच 
सेयरबजारमा अनलाइन कारोबार भित्रीएपनि प्राबिधिक कठिनाईका कारण अहिलेपनि सेयरको दोस्रो बजार देशभर फैलन सकेको छैन। एकातर्फ अनलाइन कारोबार राम्रोसंग सुचारु नभएको, अर्कोतर्फ कम्तिमा एक पटक ब्रोकर कार्यालय पुग्नै पर्ने बाध्यता, ५० ब्रोकरका झन्डै १०० अफिस मात्र भएको अवस्थामा देशभर सेयरको दोस्रो बजार पुग्न सकेको छैन। जसकारण देशभरबाट दोस्रो बजारमा सेयर किन्न वा बेच्नलाई अझैं पनि कठिनाइ उस्तै छ। 
तर अनलाइन मार्फत नै सानिमा बैंकको वेबसाइट मा गएर लगईन गरी सबै खाता खोल्न सकिने र एक पटक मात्रै सानिमा बैकको कुनै पनि शाखामा गएर आफ्नो केवाईसी अपडेट गराएपछि सानिमा क्यापिटलले ल्याएको यो सेवामा सहभागी हुन पाइन्छ। एक पटक मात्रै सानिमा बैंकको कुनै पनि शाखा पुगेर आफ्नो केवासी अपडेट गरेपछि त्यसपछि घर वा कार्यालयमै बसेर अनलाइन मार्फत नै सेयर बेच्न र किन्न सकिने हुँदा देशभरबाट सेयर किनबेच गर्न सकिन्छ।  
विदेशबाट पनि सेयर किनबेच 
अहिले यो सेवामा सहभागी हुन चाहनेको जमातमा बैदेशिक रोजगारी र अध्ययनमा रहेकाहरु बढी छन। विदेशमा बसेर पनि अनलाइन मार्फत सेयर किनबेच गर्न सकिने हुँदा यो सेवामा उनीहरुको आकर्षण बढेको हो। तर एक पटक सानिमा बैंक पुगेर आफ्नो केवाईसी अपडेट गर्नुपर्ने बाध्यताले गर्दा विदेशमा हुनेलाई यो सेवामा सहभागी हुन कठिनाई छ। अहिलेपनि हजार भन्दा बढी फर्महरु केवाईसी अपडेटको पर्खाइमा छन।
थ्री इन वान सानिमा खाता

1 comment:

hallieidle said...

Casino Online - DrmCD
Casino Online, an amazing 대전광역 출장마사지 choice of slots, jackpots, and bingo. Play responsibly. 경주 출장안마 Play 의정부 출장샵 responsibly. Play 영주 출장마사지 responsibly. 광주광역 출장샵 Casino Online. © 2020 Drmcd