Apr 1, 2019

शेयर खरिद बिक्रिमा कति शुल्क तिर्नुपर्छ ?

दि तपाइ नया हुनहुुन्छ र कहिल्यैपनि शेयर खरिदबिक्रि गर्नु भएको छैन भने तपाइलाइ शेयर खरिद बिक्रि गर्दा कति खर्च लाग्छ भन्ने कौतुहलता हुनसक्छ । त्यसैले यो पटक तपाइलाइ जम्मा कति खर्च लाग्छ भन्ने प्रष्ट हुनेछ । 
यदि तपाइ शेयर खरिद गर्न चाहनुहुन्छ भने तपाइले १० कित्ता भन्दा कम खरिद गर्न सक्नुहुन्न तर विक्रि गर्दा १ कित्ता पनि गर्न सकिन्छ ।
शुरुवातमा तपाइ लाइ डिम्याट खाता, सि आर एन नं र मेरो शेयर खाता तथा बैक खाता खोल्दा प्रत्येक मा २०० सम्म चार्ज लाग्न सक्छ तर कहिले काहि निशुल्क अफर पनि हुन्छ साथै यि सबै खातामा बार्षिक शुल्क (रु २०० सम्म) हरेक बर्ष तिर्नु पर्ने हुन्छ । तपाइ आफुले चाहेको शेयर को मुल्य थाहा पाउनको लागी यसको आधिकारीक वेबसाइट नेपाल स्टक एक्सचेन्जको वेवसाइट http://www.nepalstock.com/company  बाट थाहा पाउन सक्नुहुन्छ । शेयरको मुल्य भन्दा बाहेक तपाइले ३ वटा थप शुल्कहरु तिर्नु पर्ने हुन्छ । एउटा डिपि शुल्क, दलालको कमिशन र शेबोनको शुल्क ।
नेप्सेमा सुचिकृत शेयर जुन सामान्यतया शेयर भनेर बुझिन्छ त्यसको लागी खरिद र बिक्रि गर्दा ब्रोकरले लिने कमिशन यसप्रकार छ ।
५० हजार सम्म ०.६० प्रतिशत
५० हजार देखि ५ लाख सम्म ०.५५ प्रतिशत
५ लाख देखि २० लाख सम्म ०.५० प्रतिशत
२० लाख देखि १ करोड सम्म ०.४५ प्रतिशत र
१ करोड देखि माथी ०.४० प्रतिशत
यसमा थप शेवोनको शुल्क ०.०१५ प्रतिशत
र डिपि शुल्क  रु २५ लाग्दछ ।
शेयर बिक्रि गर्दा बिक्रेताले पुजीगत आम्दानी कर तिर्नु पर्दछ जुन व्यक्तिगत लगानीकर्ताको लागी ५ प्रतिशत तथा संस्थागत लगानीकर्ताको लागी १० प्रतिशत तिर्नुपर्दछ ।
खरिद गर्दा
यदि कुनै कम्पनिको ५० वटा शेयर रु ९०० मा किन्दै हुनुन्छ भने
शेयरको मुल्य (५०*९००) =४५०००/-
ब्रोकरको कमिशन(४५०००*०.६०%) = २७०/-
सेबोन शुल्क(४५०००*०.०१५%).     =७/७५
डिपि शुल्क                              =२५/-
जम्मा रु                                 =४५३०१/७५
बिक्रि गर्दा 
यदि यहि कम्पनिको ५० वटा शेयर रु १५०० मा बेच्दै हुनुन्छ भने
शेयरको मुल्य (५०*१५००) =७५०००/-
ब्रोकरको कमिशन(७५०००*०.५५%). =४१२/५०
सेबोन शुल्क(७५०००*०.०१५%)       =११/२५
पुजीगत लाभ कर (२९२७४.५*५%) =१४६३/७३
डिपि शुल्क                               =२५/-
जम्मा रु                                  =७३,०८७/५२
मुनाफा =२७,७८५/७७


सरकारी बोण्ड को रु ५००००० सम्म ०.२ प्रतिशत तथा ५००००० भन्दा माथी ०.१ प्रतिशत लाग्दछ । सुचिकृत शेयर र बोण्ड बाहेको को धितोपत्र मा ५०००० सम्म ०.७५ प्रतिशत ५०००००० सम्म ०.६० प्रतिशत तथा ५०००००१ भन्दा माथी ०.४० प्रतिशत शुल्क लाग्दछ । माथीको शुल्क मा २५ प्रतिशत नेप्सेको शुल्क र ब्रोकर कम्पनिको स्रोतमा करकट्टी समाबेस हुन्छ ।
बिक्रेताले शेयर बिक्रि गरिसकेपछि स्वीकारयोग्य डेविट इन्सट्र्क्सन स्लिप (शेयरको हस्तान्तरणको चेक) उचित समय(२ दिन)मै दिनुपर्ने हुन्छ । साथै खरिद गरेको रकमको भुक्तानी पनि २ दिन भित्रमा गर्नुपर्दछ । यदि यसो नगरेमा उसले २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ । कागजी कारोवारको लागी ३ दिन को समय भए पनि अनलाइन कारोवारमा भने २ दिनभित्र रकम र शेयरको हस्तान्तरण गर्नुपर्ने हुन्छ । हाल यो सुबिधा मेरोशेयरमा पनि उपलब्ध छ जहाबाट तपाइले अनलाइन रकम भुक्तानी गरेझै शेयर हस्तान्तरण गर्न सक्नुहुन्छ ।
शेयर बजारमा कसरी प्रबेश गर्ने भन्ने थाहा पाउन यहा क्लिक गर्नुहोस ।
हाल अनलाइन कारोवार गर्दा भने खरिद गर्दा खरिद गर्ने रकमको कम्तिमा २५ प्रतिशत रकम शेयर कारोबार खातामा जम्मा गर्नुपर्दछ ।

No comments: