May 6, 2019

बैशाखभित्रै विश्वका जुनसुकै कुनाबाट सेयर किनबेच गर्न सकिने

स्रोत ः बिजशाला डट कम
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को अनलाइन कारोबार प्रणालीमा बैशाखभित्रै बैंक इन्ट्रीगेसन हुने भएको छ  ।
बजार सञ्चालक नेप्सेले सञ्चालनमा ल्याएको आधुनिक अनलाइन कारोबार प्रणाली अन्तर्गत धितोपत्र कारोबार राफसाफका लागि
बैंक इन्ट्रीगेसन मार्फत हुने गरी एनसीएचएलमा आबद्ध बैंक तथा वित्तीय संस्थालाई सिस्टमभित्र जडान गरिन लागेको नेप्से प्रमुख चन्द्रसिंह साउदले जानकारी दिए । 
नेप्सेस्थित आइटीका केही कर्मचारीहरुको परीक्षा भएका कारणले अन्तिम परीक्षण गर्न ढिलाइ भएको उनले जानकारी दिए ।साउदका अनुसार यो साता परीक्षा सकिएलगत्तै परीक्षण गर्ने र लाइभ जाने तयारी भइरहेको जनाए । 
आइटीले अन्तिम परीक्षण हेरेर लाइभमा जाने निर्णयमा पुग्न अर्को साता परीक्षण गरिए यही महिनाको अन्तिम वा जेठको पहिलो साताभित्र भइसक्नेछ ।
एनसीएचएलका सीइओ निलेशमान सिंह प्रधानले बैंक इन्टीग्रेसनका लागि आफ्नो  संस्थाले पूर्ण तयारी गरिसकेको र अब नेप्सले परीक्षण गरेपश्चात सिस्टममार्फत कारोबार हुने जानकारी दिए ।कनेक्ट आइपीएसमा दैनिक १ लाखसम्म र आइपीएसमार्फत दैनिक २० करोडसम्मको सेयर खरिदबिक्री गर्न सकिने बताउँदै सीइओ प्रधानले बिजशालासँग भने–‘सुरुको फेजमा सेयर खरिदमा लागू गरिने र त्यसपछि बिक्रीमा ब्रोकरहरुले नेप्सेको टीएमएसमार्फत नै भुक्तानी व्यवस्था गर्न लागेका छौं ।’
उता, नेप्सेको सफ्टवेयर भेण्डर कम्पनी वाइको प्रा.लि.का सीइओ दीपेश प्रधानले बैंक इन्ट्रीगेसनका लागि नेप्सेलाई सिस्टम हस्तान्तरण गरिसकिएको प्रष्ट्याएका छन् । नेप्सेले अन्तिम परीक्षण गर्न बाँकी रहेको र परीक्षण लगत्तै बैंक इन्ट्रीगेसन हुने प्रधानको भनाइ छ ।नेप्से अनलाइन ट्रेडिङ सिस्टममा बैंक एकीकृत भएको खण्डमा लगानीकर्ताहरुलाई संसारको जुनसुकै स्थानबाट पनि दोस्रो बजारबाट खरिदबिक्री गरेपछिको भुक्तानी लिन वा दिन सहज हुनेछ । नेप्सेको अनलाइन लगइन लिई सहज रुपमा सेयर खरिदबिक्री गरिरहेका भएतापनि बैंक इन्ट्रीगेसन भएपछि  इन्टरनेट पुगेका संसारका जुनसुकै स्थानबाट सजिलै सेयर कारोबार गर्न सकिनेछ ।
बैंक इन्ट्रीगेसन अनलाइन प्रणालीमा जोडिएपछि नेपालको सेयर बजारको आधुनिकतामा महत्वपूर्ण इँटटा थपिने जानकार बताउँछन् । यो व्यवस्था भएसँगै नेपालको पूँजीबजार स्वदेश तथा बिदेशमा समेत विकास र विस्तार भई मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुको मत छ ।

No comments: