Jul 7, 2020

तपाइलाई कति पैसा भए पुग्छ ?


तपाइलाई कति पैसा भए पुग्छ ?
संसारभरि कति पैसा होला तपाइलाई थाहा ?

३६।८ ट्रिलियन डलर (४४ हजार खर्ब रुपैया) यदि यो सबै रकम तपाइले पाउनुभयो भने ?
सोच्नुस एकदिन तपाई बिहान उठ्दा तपाइको खातामा ४४ हजार खर्ब रुपैया रहेछ यो पनि थाहा पाउनुभयो की पृथ्वीमा तपाई एक्लै हुनुहुन्छ अरु सबै हराएका छन सम्पुर्ण पसल, रेष्टुरेन्ट, फिल्महल सबै ठिकठाक छन सबैथोक पाइन्छ

तपाइ त्यो पैसाले के गर्नुहुन्छ ? केही गर्न सक्नुहुन्न ।तपाई त्यो पैसाले केही पनि गर्नुहुन्न किनकी पैसा भनेको कुनै बस्तु वा सेवा संग साटिने हो जव तपाइलाई सबैथोक उपलब्ध , यस्तो वेलामा पैसाको कुनै काम हुदैन त्यो ४४ हजार खर्व कागजको टुक्राहरु मात्र हुनेछन्

हाम्रो बास्तविक जिवनलाईनै हेरौ , सुरुवातमा हामीसंग तेती धेरै पैसा हुदैन जसबाट हामी हाम्रो जीवनमा चाहेको सबै सुविधाहरु प्राप्त गर्न सक्दैनौ हामी त्यो अवस्थाबाट विस्तारै विस्तारै इच्छा गरेको सबै थोक प्राप्त गर्न सक्ने अवस्थामा पुग्छौ समयको लामो अन्तरालमा हाम्रो जिवनमा पैसाको मुल्य कम हुदै जान्छ किनकी हाम्रो जिवनको धेरै इच्छाहरु विस्तारै विस्तारै पुरा भैसकेको हुन्छ तपाइको आफ्नै घर, गाडी इत्यादी सुविधाहरु पुरा भैसकेको हुन्छ


पैसा कमाउने दौडधुप

जिन्दगीमा पैसाको धेरै महत्व , हामीले बच्चाबेलादेखिनै पैसा जिन्दगीको सबै आवश्यकताको समाधान हो भन्ने अवस्थाबाट हिडिरहेका हुन्छौ हामी अवचेतन रुपमा धेरै भन्दा धेरै पैसा कमाउन कुनै लक्ष्यनै नवनाइकन हिडेका हुन्छौ सधै धेरै भयोभने राम्रोहुन्छ भन्ने सोचिरहेका हुन्छौ
तपाई टिपोट गरिराख्नुस किः
  •         तपाई यो संसारमा थोरै मात्र खाना खान सक्नुहुन्छ
  •        तपाई थोरै मात्र बिदा मनाउन सक्नुहुन्छ
  •         तपाई थोरै मात्र घरमा बस्नुहुन्छ
  •         तपाई थोरै मात्र गाडी चढ्नुहुन्छ
  •        तपाईलाई उत्कृष्ट जिवन जीउन थोरै मात्र चिजहरुको जरुरत पर्छ


कति पैसा चाहिन्छ ?
करोड, १० करोड, ५० करोड ?

तपाइलाई सावधानीपूर्वक सोचेर निश्चित संख्या वा लगभग यति सम्म भनेर लक्ष्य तय गर्न त्यसपछि त्यो लक्ष्यका आधारमा कुन गतिमा पैसा कमाउने भन्ने तय गर्न सल्लाह दिन चाहन्छु जहिले पनि एउटा अंकमा पुगेपछि तपाइले अव पुग्यो भन्नुपर्नेछ
तपाइले त्यो पैसाले एउटा राम्रो आफुले चाहेको जिन्दगी बिताउन सक्नुहुन्छ

मलाई बिश्वास गर्नुस तपाई आफुसंग १० करोड वा ५० करोड भएपनि उहि खाना खानुहुन्छ, लुगा उहि तरिकाले लगाउनु हुन्छ जुन अहिले गरिरहनुभएको बिल गेट्स, जेफ बेजोस बिनोद चौधरीले पनि हामीले जस्तै खाना खान्छन

तपाई जिवनभरि पैसा कमाइरहने अन्त्यमा त्यो मुल्यहिन भएर फोहोरको रुपमा फाल्नुपर्ने अवस्था श्रृजना हुनुहुदैन
दलाई लामाले भनेका छन   "मान्छेले आफ्नो स्वस्थ्यको ख्याल नगरिकन पैसा कमाउछ पछि स्वास्थ्यको लागी सबै पैसा खर्च गर्छ त्यसपछि बर्तमानमा रमाउन नपाएकोमा भविष्य सम्झेर चिन्तित हुन्छ नत बर्तमानमा बाच्छ नत भविष्यमा कहिल्यै मर्दिन भने जसरी बाच्छ कहिल्यै नबाचेरै मर्छ ।"

तेसो भए तपाइको जिवनमा पैसाको के भूमिका ?

तपाइले सर्वप्रथमतः जिवनभरिमा कति पैसा कमाउने भनेर लक्ष्य तय गर्नुपर्छ कति पैसा भए पुग्छ ? अहिले मुर्खतापुर्ण दौडमा लागेर सबै पैसा कमाउछु भनेर सम्झने अनि पछि मेरो ६० बर्ष कहा  गयो भनेर सोच्ने ? वा लगभग यति कमाउछु भनेर तय गर्नुभएको ?
उदाहरणको लागि १० करोड भए मलाई अवकासको जीवन बाच्न पर्याप्त यो एकदमै महत्वपूर्ण किनभने अहिले तपाइले पैसा कमाउन दिनुभएको समय अर्कैको लागि हो
  •  यदि तपाई पैसा कमाउन ढिलोसम्म काम गर्नुभयो राति ११ बजे घर आउनुभयो भने बिहान सबेरै  उठ्न व्यायाम गर्न ढिलो हुन्छ
  •  यदि पैसा कमाउन अर्कै शहर जानुभयो भने तपाईले आफ्नो माया गर्ने मान्छेहरुसंग समय विताउन  पाउनुहुन्न
  •  यदि चाडपर्वको वेला पैसा कमाउन घरवाट टाढा भइयो भने परिवार संग समय विताउन पाइदैन
  •  यदि पैसा कमाउने धुनमा साथीको विवाहमा नजादा पैसा कमाइन्छ तर साथीको विवाहको        सम्झना रहदैन
  •  यदि पैसा कमाउने धुनमा परिवारसंग घुम्न गइएन भने बैंक मा पैसा हुन्छ तर छोराछोरी ठुला भएपछि कुरा गर्ने कोहि पनि हुदैनन्

माथीकै उदाहरण जस्तै, जिन्दगीमा धेरै यस्ता अवसरहरु हुन्छन जहा पैसासंग केहि साट्नुपर्ने कुरामा निर्णय गर्नुपर्ने हुन्छ

तपाइको लक्ष्य  मासिक खर्चभन्दा १००० गुना बढि
एउटा साधारण हिसावले हामीलाई के भन्छ भने जब एउटा मान्छे मासिक खर्चभन्दा ४०० देखि ५०० गुणा बचत गर्छ त्यसले उसलाई ३० बर्षलाई पुग्छ
यसको मतलव यदि तपाइको मासिक खर्च लाख रुपैया भने ÷ करोड रुपैया भए तपाइलाई लगभग पुग्छ हुन्छ तेसो भए १००० गुणा हुदा के हुन्छ ? १० करोड रुपैया भए तपाइलाई जिवनभरिलाई पुग्छ यसरी तपाइले आफ्नो लक्ष्य तय गर्दा कति पैसा कमाउने भन्ने राम्ररी थाहा हुन्छ

त्यसैले तपाइको जिवनमा पैसाको महत्व बारे स्पष्ट हुनुहोस हामी कहिलेकाही धेरै मानिसहरु आफ्नो बित्तिय लक्ष्य हासिल गर्न राम्ररी मेहनत नगरेको पाउछौ भने कहिलेकाही आफ्नो अमुल्य सिमित समयलाई बेवास्ता गर्दै पैसा कमाउनका लागि धेरै प्रयास गरिरहेको पाउछौ यदि तपाइलाई जिवनभरिको लागि कति पैसा चाहिन्छ भन्ने थाहा हुन्छ भने पैसा कमाउनु आफैमा नराम्रो हैन

तपाइलाई प्रश्न
थाहा पाउन चाहन्छु कि तपाइ आफ्नो लक्ष्य भन्दा कति पर हुनुहुन्छ ? आफ्नो खुसिका लागि तपाई पैसाको ठुलो महत्व भन्ने सोच्नुहुन्छ कि सानो ?
तल कमेन्टमा लेख्नुहोला

(नोटः याद राख्नुस मैले पैसाको महत्व छैन भनेको हैन सुझवुझका साथ यो सम्झिराखिराखेको छु कि पैसाले दिमागमा शान्ति ल्याउछ, एउटा सुरक्षाको प्रत्याभूति दिन्छ हाम्रो यात्रामा हामीलाई बलियो बनाउछ खालि हाम्रो जिवनमा पैसाको भूमिका बारे प्रष्ट्याउन खोजिराखेको छु मैले धेरै पैसा कमाउनु राम्रो वा नराम्रो भनेको हैन तपाई यदि कमेन्ट गर्न चाहनुहुन्न भने पनि लेख राम्रोसंग पढेर क्नै वाक्य वा अनुच्छेद मा बहस गर्न सक्नुहुन्छ )

No comments: