Jul 12, 2020

शेयर लगानी रणनीतिका लागि नीजि समुह तयार



सामाजिक सञ्जाल फेसबुकमा नेप्सेमा रणनैतिक लगानीका लागी एउटा समुह तयार भएको जेसिका तामाङ नामक व्यक्तिले एउटा समुह बनाइ दैनिक रणनैतिक रुपमा कसरी लगानी गर्ने भन्ने बिषयमा विभिन्न आधारभूत, प्राविधिक रणनितिक बिश्लेषण सहित तयारी गरेर लगानी गरिने भएको


त्यस कार्यको लागी Nepse Trading Group (Short Term) नामक नीजि समुह तयार भएको हो हाल ६० जना सदश्य रहेको उक्त ग्रुपमा आज आषाढ २८ गतेको रणनीतिको रुपमा रसुवागढि हाइड्रोपावरको शेयर बिश्लेषण गरि खरिद रणनीति तयार भएको

तामाङले पहिले कम्पनीको बिश्लेषण गर्दै कि रसुवागढीकै शेयर छनौट गरिएको प्रष्ट पारेका छन उनले भनेका छन M

RHPL किन?

#अहिले सम्मको न्युन मुल्य रु.१३७/- देखिएको। सो दिन १३७ देखी १४७ को बिचमा जम्मा ९६८ कित्ता मात्र कारोबार भै १४५/- भन्दा माथी नै कारोबार मुल्य कायम हुनुले बिक्रेताहरु तल्लो मुल्यमा बिक्रीको लागी तयार नहुनु देखाउछ। जसले गर्दा RHPL नै अहिलेको बजारमा अत्याधिक कम जोखिम भएको कम्पनी हो।
#सामान्य कारोबार मुल्य भित्रै खरिद गर्न सकिने। १८० दिने औसत मुल्य १६३ भन्दा बजार मुल्य तल रहेको।
#३० दिनको औसत भोल्युम हजार कित्ता भन्दा माथी रहेको ५० हजार कित्ता भन्दा माथी नियमित कारोवार भै राखेकोले खरिद बिक्रीको लागी सहज।
#न्युनतम अनुमानित मुल्य १३५ बिक्री लक्ष्य १८५-१९० मा जोखिम रहित भै नाफा खान सकिने।
प्राबिधिक बिश्लेषण:
#तात्कालिन अवस्थामा पहिलो टेवा १४३ दोस्रो टेवा १३७ मा देखिएको। त्यस्तै अवरोध बिन्दु क्रमश १५३ १५६ मा रहेको।
#RSI ४३ हुनुले अझै पनि क्रेताहरु नै हावी रहेको देखिन्छ भने, MACD ले स्पष्ट Buying Singnal दिइसकेको अवस्था छ।
आधारभुत बिश्लेषण:
#१११ मेगावट क्षमताको योजना १३ अर्वको हाराहारीमा यही असार मसान्त सम्ममा सम्पन्न गरिसक्ने भन्ने कम्पनीको योजना देखिएको मा लागत निर्माण अवधी दुबै बढ्ने पक्कापक्की भएकैले शेयर मुल्य न्युन बिन्दुमा आएको बुझ्न कठिन छैन।
#लकडाउनकै बिच पनि निर्माण कार्य जारी रहेको चैत्रको शुरुमै भौतिक प्रगती ८०% माथी भएकोले हाल ८५% भौतिक प्रगति रहेको अनुमान गर्न सकिन्छ भने असोज-मसिर सम्ममा निर्माण सम्पन्न गरिसक्नेमा आसावादी हुन सकिन्छ।
#ऋणको पैसा भर्खरै मात्र चलाउन शुरु गरेको ब्याजदरको सम्बन्धमा पनि १०.% मै सम्झौता भएको हुँदा लागतमा धेरै ठुलो अन्तर हुने देखिदैन। लगभग १६ अर्वको हाराहारीमै निर्माण सम्पन्न भएछ भने पनि तामाकोशीको भन्दा कम लागतमा निर्माण सम्पन्न हुनसक्ने कुरामा आशावादी हुन सकिने अवस्था छ।


साथै आजको रणनीति के हो भन्ने बारेमा यसो भनिएको

हामीले छनौट गरेको कम्पनी RHPL १८० दिनको औसत मुल्य रु. १६३ भन्दा तल नै रहेको अवस्थामा खरिदको लागी धेरै हतारिनु पर्ने देखिदैन। प्राबिधिक रुपमा पनि २१ दिने औसत भोल्युम २५००० कित्ता भन्दा माथीको भोल्युममा कारोबार हुन थालेसी मात्र खरिद चाप बढाउन उपयुक्त देखिन्छ, जुन भोल्युममा १६३ भन्दा कम मुल्यमा कारोबार हुन सक्ने सम्भावना एकदमै कम मात्र देखिन्छ।(कम को मतलव असम्भव हैन)
त्यसैले तत्काल भोली आइतबार(२०७७/०३/२८) को लागी हाम्रो योजना, हामीले लगानीको लागी छुट्याएको कुल रकमको लगभग २०% बराबरको शेयर सकेसम्म १४८ भन्दा कम मुल्यमा खरिदको लागी कोसिस गर्नु हुनेछ। त्यसको लागी १४५/१४६ मा खरिदको लागी बस्नु उपयुक्त हुन सक्छ भने, १४७/१४८ मा बिक्रीमा आएका शेयर उठाउन पनि सकिन्छ। बिक्री आदेश एकदमै कम भएको अवस्थामा बाजर बन्द हुने समयमा १५०/१५१ सम्म बिक्रीका लागी आएका शेयर हरु उठाउदा नि फरक नपर्न सक्छ।
बजार एकदमै बढ्ने जस्तो अवस्थामा हामीले छनौट गरेको कम्पनी RHPL को पनि मुल्य कारोबार कित्ता सङ्ग सङ्गै बढ्यो भने १५६ भन्दा कम मुल्यमा लगानीको लागी छुट्याएको रकमको ४०% बराबरको शेयर जसरी नै पनि खरिद गर्नै पर्ने हुन्छ भने, बजार घटेको अवस्थामा १४० सम्म नै आओस् भनेर कुर्नु उपयुक्त हुन सक्छ। त्यो बिन्दुमा हामी लगभग १०% लगानी थप्न सक्छौं।
उदाहरणको लागी यस योजना अन्तर्गत लगानीको लागी मैले लाख पचास हजार छुट्याएकी छु। हाम्रो योजना अनुसार भोली ५० हजार मुल्य बराबरको ३००-३५० कित्ता शेयर १५० भन्दा कम मुल्यमा लिने कोसिश हुनेछ। बजार एकदमै बढ्ने जस्तो अवस्थामा RHPL को पनि ठुलो भोल्युममा कारोबार हुन थाल्यो भने १५५ सम्म मा कम्तीमा ६५० कित्ता शेयर जम्मा गर्ने कोशिस गर्नेछु। तर त्यसको बिपरित बजार वा RHPL को मुल्य घट्दो ट्रेण्डमा देखिएमा १४० को नजिक तिर आएसी १६०-१७० कित्ता थप्ने योजना हुनेछ।
यहाँ Treding गर्दा याद राख्नु पर्ने कुरा के हो भने, बजार तल आयो भनेर averaging गर्न हतारिनु हुदैन। भोली बजार बढ्ने बेला आफ्नो कम्पनीको मुल्य PUSH गर्न हामी सङ्ग प्रसस्त Fund बाकी हुनु आवस्यक छ। ताकी हाम्रो कम्पनी किन बढेन भनेर घोटलिएर बस्नु भन्दा सानो सानो कित्ता बढ्दो मुल्यमा लिएर माग बढाउन सकियोस्।

(नोटःयो बिश्लेषण का शेयर खरिदका लागी शिफारिस हैन)
disclaimer: Strategy is Subjected to Market Risk



No comments: