Aug 15, 2017

शेयर भनेको के हो ?

कुनै पनि कम्पनिले सर्वसाधारण संग गएर व्यवसायको लागी रकम संकलन गर्न सक्दछन । सर्वसाधारण कहा जानु भन्नाले स्टक एक्सचेन्ज मा सुचिकरण गरी लगानीकर्ताहरुलाइ शेयर जारी गर्नु भन्ने बुझिन्छ । शेयरको लागी रकम भूक्तानी गरेर हरेक लगानीकर्ताले कम्पनिको व्यवसायको केही स्वमित्व लिन्छन र उक्त कम्पनिको शेयरहोल्डर बन्दछन ।

     कम्पनिले रकम संकलन गर्ने प्रकृयालाइ साधारण पुजि संकलन भनिन्छ । क्रृण पुजी जस्तै रकम माग गरिने भएपनि साधारण पुजी फिर्ता गर्नु पर्दैन जसले लगानीकर्ताको कम्पनिमा निरन्तर स्वामित्वलाइ जनाउछ । यस लगानीको  बदलामा लगानीकर्ता शेयरहोल्डरहरुले लाभांश र अन्य सेवा सुविधा प्राप्त गर्ने गर्दछन ।
लगानीकर्ताहरुको लागी जारी गरिएको सेयर स्टक एक्सचेन्जमा सुचिकरण गराएपछि यो अन्य लगानीकर्तालाइ शेयरबजारमा विक्रि गर्न सकिन्छ । यसरी शेयर लगानीकर्ताले बढि मुल्यमा शेयर बेच्न सके पुजीगत मुनाफा प्राप्त गर्न सक्दछ, अर्को शव्दमा किनेको भन्दा बढि मुल्यमा शेयर बेचेर मुनाफा कमाउनु हो ।

शेयरहोल्डरको रुपमा लगानीकर्ताले कम्पनिले आग्रह गरेअनुसारको विभिन्न आधिकार र सुविधा  लिने कि नलिने भनेर प्राय निर्णय लिइरहरनु पर्दछ । हरेक पल्ट लगानीकर्ताले लगानीका लक्ष्य र योजनालाइ ध्यानमा राखेर निर्णय लिनुपर्दछ जसका लागी विज्ञको सल्लाह पनि लिन सकिन्छ ।

  1. शेयर लगानीकर्ताका अधिकार र सुविधाहरु निम्नानुसार हुन सक्छ ः
  2.  साधारण सभा मा सहभागी हुने
  3. कम्पनिको प्रतिवेदन तथा सुचनाहरु प्राप्त गर्ने
  4. लाभांश तथा लाभांश पुन लगानी योजना
  5. थप शेयर जारी गर्ने
  6. कम्पनि संम्वन्धि अन्य कार्यहरु

शेयर होल्डर बनेपछि उक्त उक्त कम्पनि सम्वन्धित जोखिम बाडफाड गर्न सहमत भएको बुझिन्छ । लगानी कर्ताले उक्त शेयरको मुल्य शुन्यमा पनि झर्न सक्छ भनेर जानकार रहनु पर्दछ । धेरै व्यक्तिहरु जो लगानीको पोर्टफोलियोको रुपमा शेयर राख्ने निर्णय गर्दछन तर जव शेयर किन्ने बेला आउछ तव यो शेयर किन्ने उपयुक्त समय हो कि होइन भनेर प्राय अकमकाउने गर्दछन किनकी उनिहरु शेयरको बारेमा धेरै कुरा बुझ्न बाकीनै रहेको महशुस गर्दछन ।
शेयर किन्ने उपयक्त समय बजार यतिमा आएपछि किन्छु भन्ने होइन तर बजारको अबधिमा अब किन्छु भन्ने मात्र हो । वारेन बफेट लगायत शेयरको जतिसुकै ठुलो गुरु कसैलाइ पनि शेयर वजार तथा कुनै शेयर भविश्यमा घट्छ कि बढ्छ भन्ने थाहा हुदैन । के चाही थाहा पाउन सकिन्छ भने यो बढ्छ अनि घट्छ अनि छोटो समयमा यो तलमाथी हुनुले कुनै अर्थ राख्दैन किनकी लामो समय पछि यो बढ्छ ।
लगानीकर्ताले बजारको विभिन्न समयमा आफ्नो शेयरको मुल्य कति घटबढ भयो भनेर निगरानी राखेर शेयर बजारवाट सिक्नुपर्दछ  ।
शेयरवजार भनेको के हो
नेपाल स्टक एक्सचेन्ज नेपालमा शेयरको कारोवार गर्ने एक मात्र कम्पनि र स्थान हो । यसका क्रियाकलापहरु प्राथमिक र द्धितिय बजारका सेवाहरु उपलव्ध गराउने तथा शेयरको राफ साफ गराउने लगायतका धेरै हुन्छन । यसले बजार सञ्चालकको रुपमा  भुक्तानी राफसाफको सहजकर्ता काम पनि गर्दछ । नेपालमा सुचिकृत कम्पनिको सम्पुण मापदण्डको निगरानी राख्ने तथा  अन्तिम शेयर लगानीकर्तालाइ साक्षर गराउने काम पनि नेपाल स्टक एक्सचन्जले गर्दछ ।
क. शेयरवजारको मुख्य काम
शेयरबजारलाइ निम्न दुइ भिन्न बजारका कार्यहरुका आधारमा बुझिन्छ ।
्य प्राथमिक बजार सञ्चालन गर्ने जहावाट लगानीकर्ताहरुलाइ प्राथमिक शेयर निश्काशन (क्ष्एइ) बापत कम्पनिहरुले रकम उठाउदछन । कम्पनिहरुले सर्वसाधारणहरुलाइ शेयर जारी गरि साधारण पुजि उठाउने प्रक्रियालाइ क्ष्एइ भनिन्छ । यो प्राथमिक बजारमा हुने कार्य हो ।
्य द्धितिय बजार सञ्चालन जहा लगानीकर्ताहरु बजारका विविध तत्वहरु (शेयरको माग, आपूर्ति, अर्थव्यवस्था, ब्याजदर, कम्पनिको प्रगति) ले निर्धारण गरेको मूल्यमा शेयरको खरिदबिक्रि गर्दछन ।

सुचिकरणका प्रकृयाहरु
कम्पनिले आव्हानपत्र जारी गरि कम्पनिको प्रकृति र यसको बित्तिय विवरणहरु प्रकाशित गर्दछ ।
सम्भावित लगानीकर्ताहरु उक्त आव्हान पत्रका आधारमा यो कम्पनिमा लगानी गनु उपर्युक्त छ कि छैन निर्धारण गर्दछन ।यदि उपयुक्त छ भने कम्पनिको शेयर खरिद गर्दछन ।
कम्पनिले उक्त रकम व्यवसायको विस्तार र वृद्धिका लागी उपयोग गर्दछन ।

कम्पनिको शेयर संख्या
कम्पनिले शेयरवजारमा सुचिकरण गर्दा केही मात्रामा शेयरहरु जारी गरेको हुन्छ यो संख्या कम्पनि अनुसार फरकफरक हुन्छ  र कम्पनिको वास्तविक आकारमा भर पर्दछ  तथा कति रकम संकलन गर्नेहो त्यसैमा भर पर्दछ । कम्पनिमा लगानीकर्ताको जति वढि शेयर हुन्छ  त्यसैअनुसार कम्पनिमा नियन्त्रण तथा व्यवस्थापनमा पहुच हुन्छ । कम्पनिलाइ क्ष्एइ पछि पनि कम्पनि को लगानीकोषको आवश्यकताका आधारमा थप शेयर जारी गर्ने अधिकार हुन्छ ।
घ. शेयरको खरिदकर्ता भेटाउनेः लगानीकर्ताले कुनै पनि कम्पनिले क्ष्एइ जारी गरेको समयमा सहभागी भइ शेयर खरिद गर्न सक्दछन र उक्त शेयर भविष्यमा बेच्न चाहन्छ ।  क्ष्एइ को बेलामा शेयर नकिन्ने लगानीकर्ता अहिले उक्त शेयर किन्न चाहन्छन । त्यसैले ति बेच्न चाहने र किन्न चाहने व्यक्ति दोस्र बजारमा भेटेर खरिदविक्रि गर्न सक्दछन ।
·    द्धितिय वजार
द्धितिय बजारको मुख्य काम शेयर मुल्य निर्धारण गरि उक्त रकम भुक्तानी पश्चात शेयर हस्तान्तरण गरेर खरिद कर्ता तथा बिक्रिकर्तालाइ सहयोग गर्नु हो । नेपालमा नेपाल स्टक एक्सचेन्ज मार्फत बाट मात्रै शेयर खरिद तथा बिक्रि गर्न सकिन्छ । खरिदबिक्रि नेपाल स्टक एक्सचेन्जको कारोवार समय आइतवार देखि विहिवार ११ बजेदेखि ३ बजे सम्म सार्वजनिक विदा बाहेकको दिनमा मात्रै लगानीकर्ताको खरिद र विक्रि आदेश अनुसार गर्न सकिन्छ । लगानीकर्ता सधै शेयरवजार किन घटवढ हुन्छ भनेर जान्न चाहन्छन । शेयरबजार अन्य बजारजस्तै स्थान हो । यहा माग र आपुर्तिको आधारमा शेयरमुल्य निर्धारण हुन्छ । कुनै पनि शेयर यदि धेरै लगानीकर्ता किन्न चाहन्छन भने शेयर वढ्छ र धेरै लगानीकर्ता आफुसंग भएको शेयर बिक्रि गर्न चाहन्छन भने शेयर घट्छ ।

·    शेयर खरिद विक्रिका लागी शेयर दलालको प्रयोगः
लगानीकर्ताले दुइ तरिकाले शेयर खरिद गर्न सक्दछन । पहिलो प्राथमिक शेयर निष्काशन मार्फत जुन वेला कम्पनिले नै व्यवसायको लागी रकम जम्मा गर्न पहिलोपटक सर्वसाधारणलाइ शेयर खरिदको लागी आव्हान गर्दछ र प्राथमिक शेयर निष्काशन पश्चात उक्त शेयर शेयर दलाल मार्फत मात्रै बिक्रि गर्न सकिन्छ । शेयर दलालले शेयरहोल्डरको  एजेन्टको रुपमा शेयरवजारमा भुमिका निर्वाह गरेका हुन्छन । नेपाल स्टक एक्सचेन्जमा सोझै गएर शेयर खरिदविक्रि गर्न सकिन्न । सामान्यतया शेयर दलाल लगानीको सल्लाह दिने र नदिने गरि दुइ प्रकारका हुन्छन । नेपालमा यस्तो दलाल छैनन सामान्यतया शेयर खरिद बिक्रि बापतको शुल्क समान छ बरु त्यसैमा कतिपयले सल्लाह सुझाव उपलव्ध गराउदछन तर दलालले नियमअनुसार यस्तो गर्न पाउदैनन । तर अरु देशको शेयरवजारमा आफु लिन चाहे सुविधाअनुसार शेयर खरिद बिक्रिको शुल्क फरक हुन्छ ।

No comments: