Aug 7, 2017

नेपाली शेयर बजारमा कसरी प्रवेश गर्ने ?

सामान्यतया तपाइले विगत केहि समयदेखि बचत गर्न थाल्नुभएको छ र नगद ५०००० भन्दा वढि ५÷६ लाख सम्म बचत गर्नु भएको छ भने यस विषयमा चासो राख्नु हुनेछ । किनकी उक्त रकम घरजग्गा खरिद गर्न र व्यापार व्यवसाय गर्न अपुग हुन्छ, त्यसैले बैकमा राख्नुभन्दा केही वढि आम्दानी हुन्छ भनेर शेयरमा लगानी गर्ने सोच तपाइ हामी सवैको एकै किसिमको छ ।

हुनत हाल नेपालमा ठुलै रकमवाट पनि नया व्यवसाय सुरु गर्नु भन्दा शेयरमै लगानी गर्ने चलन वढेको छ र केहिले कमाएको पनि सुनेका छौ । अझ वारन वफेटको नाम सुन्नुभएको छ भने त घर जग्गा बेचेर लगानी गर्न तम्सने पनि भेटिन्छन । तर केही कुरामा ध्यान नदिने हो भने यस कारोवारवाट नोक्सानी पनि हुन सक्छ ।
       शेयर बजार वित्तिय कारोवार सग सम्वन्धित छ । यदि तपाइको अध्ययनको बिषय फरक छ भने यस विषयमा धेरै कौतुहलता हुन सक्दछ । शेयर बजारको विस्तृत जानकारी लिन समय लाग्दछ किनकी यसको दायरा धेरै ठुलो छ तर तपाइ केही आधारभूत जानकारी लिएर मात्रै खरिदविक्रिको प्रक्रिृयामा संलग्न हुन चाहिरहनु भएको छ भने तपाइसंग केही प्रश्नहरु निश्चित रुपमै छ । शेयरबजारमा प्रबेश गर्नु पहिले यस संग सम्वन्धित प्रश्नहरु उठ्नु स्वभाविक हो र ति प्रश्नका जवाफ लिएपछि मात्रै खरिद विक्रिमा सहभागी हुनुले शेयरवाट हुन सक्ने नोक्सानीलाइ कम गर्न सघाउ पुर्याउछ । त्यसैले मैले सुरुवाती अवस्थामा उठ्ने १० वटा प्रश्न र थाहा पाउनुपर्ने कुराहरुलाइ यसप्रकार राखेको छु ।

     माथीका यी प्रश्नको जवाफपछि शेयर बजारमा प्रवेश गर्ने हो भने शेयरका बारेमा पत्रपत्रिका वा सामाजिक सञ्जालमा आउने खवरमध्ये कुन सहि हुन र कुन गलत हुन भनेर छुट्याउन गाह्रो पर्दैन । साथै सहि शेयर छनौट गर्न पनि हामी सक्षम हुन्छौ । म आउदा दिनमा यी सवै १० प्रश्नका जवाफ सहितका छोटो लेखहरु यहि व्लगमा उपलब्ध गराउने छु । तर अहिलेलाइ तुरुन्तै कुनै कम्पनिको शेयर कसरी खरिद गर्ने भन्ने जानकारी उपलब्ध गराउन चाहन्छु ।
तत्कालै कुनै कम्पनिको शेयर किन्नको लागी तपाइलाइ यी कुराहरुको आवश्यकता पर्दछ ।
१. डिम्याट खाता 
२. शेयर दलाल 
३. मेरो शेयर खाता 
४. बैक खाता 
५. CRN Number 
१. डिम्याट ः यो एक प्रकारको वैक खाता हो । बैक खाता खोले सरहका विवरणहरु जस्तै नागरिकता, फोटो, पानी बत्तिको बिल र हकवालाको नागरिकता जस्ता कागजपत्र लिएर कुनै पनि बैकमा गएमा खाता खुल्छ । हाल नेपालमा प्राय सवै बैकले डिम्याट खाता सेवा उपलब्ध गराउदछन । सिधै शेयर ब्रोकरकोमा गएमा उनिहरुमार्फत पनि यो खाता खोल्न सकिन्छ । बैक खाता चल्ति ,बचत, मुद्यती आदि प्रकारका खोलेर हामी नगद राख्दछौ त्यस्तै डिम्याट खाता खोलेर त्यसमा शेयर राखिन्छ । हाल शेयर खरिद बापत शेयरप्रमाणपत्र पाइदैन त्यसैले हामिले किनेको शेयर राख्नको लागी डिम्याट खाता अनिवार्य छ । हामीले चाहेको वेलामा नगद झिक्न सक्छौ तर शेयर प्रमाणपत्र झिक्न मिल्दैन तर बैक स्टेटमेन्ट जस्तै शेयरको स्टेटमेन्ट लिन सकिन्छ । खाता खोल्ने वेलामा ध्यान दिनुपर्ने कुरा चाहि खाता नम्वर आउन कति समय लाग्छ भन्ने हो । उदाहरणको लागी यदि तपाइले नविल वैकमा खाता खोल्नुभयो भने खाता नम्वर आउन तिन महिना पनि लाग्न सक्छ भने केही वैकले भोलिपल्टै पनि उपलब्ध गराउदछन । यो खाता सगै शेयरको लाभांश प्राप्त गर्ने खाता पनि खोल्नु पर्दछ । 

२. शेयर दलाल ः यो विना दोस्रो बजारमा शेयर खरिद गर्न सकिदैन । शेयर दलाल नेपाल स्टक एक्सचेन्जमा शेयर खरिद विक्रिमा लागी अनुमनिपत्र प्राप्त हुन्छन । दोस्रो वजारवाट शेयर खरिद गर्दा उनिहरुमार्फत गर्नुपर्दछ । नेपालमा दर्ता भएका र अनुमतिप्राप्त शेयर दलालको लिष्ट र सम्पर्क नं. धधध।लभउबकितयअप।अयm वा http://nepalstock.com.np/brokers लिङ्कमा गएर हेर्न सकिन्छ । तपाइलाइ सहज हुने स्थानमा रहेको शेयर दलालकहा खाता खोलेर तुरुन्तै शेयर खरिद गर्न सकिन्छ । ब्रोकरको मा खाता खोल्न सहज छ । दलालले उपलब्ध गराएको ग्राहक परिचय विवरणको फर्म भर्ने साथै फोटो र नागरिकताको प्रतिलिपि, बैक खाता, डिम्याट खाता र मेरो शेयर खाता चाहिन्छ ।

 ३. मेरो शेयर खाता मेरो शेयर खाता https://meroshare.cdsc.com.np ा गएर खोल्नु पर्दछ । खाता खोले पछि इमेल बैक बाट प्रमाणीत गराउनु पर्दछ । वेवसाइटमा खाता खोलेर बैकमा सम्पर्क गर्ने
४. बैक खाता  बैक खाता आफुलाइ पायक पर्ने कुनैपनि बैक मा गएर खोल्न सकिन्छ ।
५. CRN Number :CRN Number लिनका लागी बैकमा गएर एउटा फर्म भर्नु पर्दछ र केहि समय लाग्दछ । यो जुन सुकै बैक को पनि हुन सक्दछ । मानौ तपाइ संग ३ वटा बैकमा खाता छ भने तपाइले तिन वटै बैक बाट यो नंम्बर लिन सक्नु हुन्छ ।
IPO/FPO कसरी खरिद गर्ने ?
यसका लागी तपाइ लाइ सबै भन्दा पहिले क्ष्एइ खुलेको थाहा पाउनु पर्यो यो बिभिन्न अनलाइन पत्रिकामा नियमित निगरानी बाट थाहा पाउन सकिन्छ जस्तै } www.nepalipaisa.com,www.sharesansar.com साथै https://meroshare.cdsc.com.np मा गएर पनि थाहा पाउन सकिन्छ । तपाइ संग मेरो शेयर खाता, डिम्याट खाता, बैक खाता र CRN Number छ भने PO/FPO भर्न सक्नु हुन्छ । यसको तरिका निम्न अनुसार छ ।
१. सबै भन्दा पहिला तपाइले https://meroshare.cdsc.com.np मा लगइन गर्ने
२. Current Issue मा गएर आवश्यक विवरण भर्ने ।




बैक खाता र CRN Number   भने एउटै बैक को हुनु पर्दछ । यसको लागी शेयर दलाल आवश्यक पर्दैन ।
दोस्रो बजारबाट NTC को १०० कित्ता शेयर कसरी किन्ने ?
सको लागी माथी उल्लेखित ५ वटा कुरा तयार गर्ने र ब्रोकर को मा गएर खरिद गर्न आदेश दिने । नेप्सेको लिस्टमा भएका सबै कम्पनिको शेयर यसैगरि किन्न सकिन्छ । शेयर खरिद बिक्रिमा कति शुल्क तिर्नुपर्छ भन्ने थाहा पाउन यहा () क्लिक गर्नुहोस ।
शेयर खरिद गरेको दुइ दिनभित्र रकम जम्मा गर्नुपर्दछ । अन्यथा जरिवाना तिर्नु पर्ने हुन्छ । यदि पहिलोचोटी शेयर खरिद गर्दै हुनुन्छ र कुन शेयर खरिद गर्ने निर्णय गरिसक्नु भएको छैन भने चाहि तपाइले केही सुचना दलाल भन्दा अन्तैवाट वटुल्नुपर्ने हुन्छ । शेयर दलालले कुनै पनि शेयर खरिदका लागी सुझाव नदिन सक्छन तर कम्पनिको नाम र शेयर मुल्य उपलब्ध गराएर कुन किनिदिउ भनेर सोध्न सक्छन ।
यदि तपाइलाइ थप जानकारी चाहिएको छ भने तल कमेन्ट गर्नुहोस

14 comments:

Yuvraj said...

Very informative. Thanks for Sharing

Pravesh Pandey said...

मैले dmat account खोले, अब के गर्नु पर्ने हो।

Anonymous said...

aba mero share account kholera dmat account kholeko bank batai email verify garaunus ra CRN number linus tespa6i broker ko ma gayera account kholera share kharid bikri garna saknuhun6

DexA1948 said...

DMAT account kholna kk garnu parxa ali spasta gardinu na

Anonymous said...

Kunai pani Bank ma gayera DMAT khata kholnu paryo bhannus na Bank account kholeko jastai ho k.
Nagariktako photocopy ra photo lana nabirsinus hai.

Unknown said...

Now Im in malasiya ..what is the process

dipendra said...

बिदेशमा हुने हरुले चै कसरी apply गर्न सकिन्छ जानकारी पाउन

Unknown said...

Yo broker hru ko barema kasari thaha paunu.....hmro tirw tw ysko barema kunai idea pni xaina jsto xa....?? Plzz reply

Lamichhane said...

Talako link ma gayera hernus sabai broker ko no ra place 6. ani phone garera sodhne ni
http://www.nepalstock.com/brokers/index/4/

दिनेश कार्की said...

म कोरियाबाट हो । विदेशमा हुनेहररले कसरी सेयर खरीद विक्रि गर्न सकिन्छ केही जानकारी पाउन सकिन्छ की ?

Lamichhane said...

Bides bata garna mildaina. Nepal aako bela sabai process garne ani matrai bides ma bhako bela karobar garna mil6. malai samparka garnus 9845783944

Unknown said...

धन्यवाद सर💕💕

Unknown said...

म यो लाईन मा नया हो मैले ग्लोबल क्यापिटल मा भर्खरै d mat a\c खोलेको छु अहिले सम्म पुरानो सेयर पनि घरमै छ अब के के गर्नी जानकारी पाउन

Unknown said...

मेरो शेयर खाता खुल्न कति दिन लाग्छ?