Feb 14, 2019

समर्थन वा अवरोध पत्ता लगाइ कसरी कारोवार गर्ने ?

समर्थन र अवरोध अवधारणा एकदमै धेरै बहस हुने दुइ मुख्य प्राविधिक अवधारणा हो । चार्टको बिश्लेषण गर्ने बिभिन्न तह मध्ये यो शेयर कारोवारीले शेयर को मुल्य जतातिर धकेलिदै थियो अब रोकिन्छ वा अवरोध हुन्छ भन्नको लागी प्रयोग गर्दछन । सवैभन्दा पहिले यो तह धेरै सहज देखिन्छ तर हाम्रो लागी जहिलै पनि यो विविध स्वरुपमा पाइन्छ त्यसैले यसको बारेमा यकिन गर्न पहिलो पटकमा धेरै गाह्रो हुन्छ ।
परिभाषा 
समर्थन भनेको मुल्यको तह हो जहा माग लाइ ध्यानमा राख्दै यो भन्दा तल जान रोकिन्छ भन्ने आशा गरिन्छ । जब शेयरको मुल्य घट्छ यसको माग बढ्दै जान्छ र यसले समर्थन रेखा बनाउछ । र यस्तै गरी शेयरको मुल्य बढ्दै जादा अत्याधिक बिक्रि वढ्छ र अवरोध तह बन्दछ ।
एकपटक समर्थन वा अवरोध को एउटा क्षेत्र पत्ता लागेपछि यसले शेयर कारोवारीहरु प्रवेश गर्ने व बिक्रि गरेर निस्कने अवस्थाको जानकारी हुन्छ । किनकी शेयर मुल्य घटवढ भइ यो विन्दुमा पुगेपछि कि त पहिलेकै दिशा तिर फर्कन्छ वा त्यो विन्दु नाघेर  अगी बढ्छ । 
धेरैजसो शेयर कारोवार समर्थन वा अवरोध क्षेत्र तोडिदैन भन्ने विश्वासको आधारमा कारोवार गरिन्छ । मुल्य का कारण रोकिएपनि वा तोडिए पनि शेयर कारोवारीले मुल्यको दिशा भने बाजी राख्ने मात्रै हो र उनिहरु सहि छन या छैनन भनि तुरुन्तै पत्ता पनि लगाउन सक्दछन । यदि सोचेभन्दा गलत दिशातिर मुल्य गयो भने थोरै नोक्शानीमा आफ्नो लगानी जोगाउन सक्छन । यदि मुल्य सहि दिशातिरै छ भने कारोवारीले आफुले चाहेजस्तै पहिलेकै रणनिति लिन्छन ।
समर्थन वा अवरोध को आधारमा कसरी कारोवार गर्ने
आधारभुत कुरा 
धेरैजसो अनुभवी कारोवारीले कुनै निश्चित मुल्यमा उनिहरुलाइ कुनै पनि शेयरको मुल्यलाइ निश्चित दिशातिर धकेल्न वाट कसरी रोक्यो भन्ने धेरै कहानीहरु भन्न सक्छन । उदाहरणको लागी रामले बैशाख देखी मंसिरसम्म शेयरको मुल्य बढ्ने आशामा शेयर खरिद गरेको हुन सक्छ ।
अनुमान गरौकि रामले उक्त शेयर ६५० भन्दा माथी जादैन भन्ने थाहा पायो जुन पटक पटक त्यो भन्दा केही माथी पनि कारोवार भएको थियो । यो अवस्थामा कारोबारीले ६५० नजिकैको तहलाइ अवरोध तह भन्दछन । तपाइ तलको चार्टवाट पनि यो कुरा थाहा पाउन सक्नुहुन्छ किनकी यहा मुल्य यो भन्दा माथी जान रोकिएको छ । यहा ३९ लाइ अवरोध तह मानिएको छ ।

त्यस्तै अर्कोतिर समर्थनको मुल्य तह हुन्छ । यो शब्दावलीलाइ शेयरको मुल्य कुनै निश्चित विन्दुवाट तल धकेल्न रोक्ने भन्ने अर्थमा प्रयोग हुन्छ । चार्टमा देखिएझै मुल्यको समर्थन तह थाहा पाएमा यसले यो शेयर किन्नको लागी उपर्युक्त समय हो भन्ने जनाउछ किनकी यो क्षेत्र सामान्यतया बजारमा सहभागीहरुका लागी उपयुक्त मुल्य हो र यसपछि मुल्य माथीतिर धकेलिन्छ ।

प्रवृत्ति रेखा 
माथीको उदाहरणमा एउटा तहमा शेयरको मुल्य तल वा माथी जानबाट रोकिन्छ । यो तथ्यांकगत अवरोध एउटा समर्थन।अवरोधको जनप्रिय  स्वरुप हो तर शेयरको मुल्य सामान्यतया तल वा माथी जान खोज्दछ त्यसैले यो अवरोध समय संगै परिवर्तन हुन्छ भन्ने तथ्य असामान्य होइन । त्यसैले समर्थन र अवरोधको वारेमा सिक्दा प्रवृत्ति रेखा को अवधारणा र महत्व बुझ्नु जरुरी छ । जव बजार माथीतिर लाग्छ, मुल्यको क्रम ढिलो हुन्छ र अवरोध तह वन्दछ र प्रवृत्ति रेखा लाइ तलतिर तान्न थाल्दछ । यो मुनाफा सुरक्षित गर्ने वा चाडै उक्त शेयरको अन्योलको अवस्था सृजना हुनाले हुन्छ । त्यसैले छोटो समयमा माथील्लो बिन्दु छोएर शेयरमुल्यमा कमि आउन थाल्दछ ।
धेरै कारोवारीहरुले शेयरमुल्यमा कमि आएर वृहद समर्थन रेखा तिर आएपछि शेयर मुल्यमा आखा लगाउन थाल्दछन किनकी बिगतमा यो विन्दुमा आएपछि मुल्यमा थप कमि आउन रोकिएको हुन्छ । उदाहरणको लागी तलको चार्टमा प्रवृतिरेखाले शेयरको धेरै बर्षदेखिको समर्थन विन्दुलाइ जनाउछ । यो अवस्थामा उक्त शेयरको मुल्य कसरी निश्चिित विन्दुमा कसरी पटक पटक स्थीर भयो भन्ने देख्न सकिन्छ ।

अर्कोतिर जव बजार तलतिर झर्न थाल्दछ, कारोवारीहरु पटक पटकको झरेको तलको विन्दु हेर्छन र यसलाइ प्रवृति रेखासंग जोड्दछन । जव मुल्य ले प्रवृति रेखालाइ छुन्छ तव कारोवारीहरु बेच्न तिर लाग्दछन किनकी यो क्षेत्रमा पुगेपछि विगतमा मुल्य अझ घटेको थियो ।
विगतमा जव कुनै तहको समर्थन तथा अवरोध थाहा हुन्छ तव मुल्य झन वलियो भएको अवस्था धेरै हुन्छ । धेरै प्राविधिक कारोवारीहरु यही समर्थन तथा अवरोध रेखालाइ आधार मानेर बजारमा प्रवेश तथा बाहिरिने गर्दछन किनकि यो क्षेत्रले शेयरको मुल्यको दिशालाइ प्रभाव पार्दछ । धेरैजसो कारोवारीहरु यस तहमा आएपछि शेयरको मुल्यवारे आत्मविश्वासी बन्दछन र शेयर कारवारको परिमाणमा पनि वृद्धि हुन्छ जसले कारोवारीलाइ मुल्य माथी जान्छ कि तल जान्छ भन्ने पत्ता लगाउन कठिन बनाउछ ।
जोर संख्या
समर्थन तथा अवरोधको अर्को बिशेषता भनेको जोर संख्या हो । कुनैपनि शेयरको मुल्य जब ५०० मा पुग्छ त्यसपछि त्योभन्दा तलमाथी जान गाह्रो हुन्छ । बिशेषत अनुभव नभएका कारोवारीहरु शेयरलाइ जोर संख्यामा खरिदबिक्रि गर्न चाहन्छन किनकी उनिहरुलाइ त्यो मुल्य उचित हैन भन्ने थाहा हुदैन । धेरैजसो लक्षित मुल्य तय गर्ने, नोक्शानी रोक्ने वा ठुलो लगानीकर्ताहरुले पनि जोर अंक मै मुल्य तय गर्दछन । धेरै आदेशहरु उहि तहमा राखिने हुदा जोर संख्या मुल्य घटवढ हुने ठुलो अवरोधको रुपमा हुन्छन । यदि लगानी व्यवस्थापकको कुनै ठुलो ग्राहकले ५५० मा बिक्रिको आदेश दियो भने यसले ठुलो मात्रामा खरिदारी भइ अवरोध तह सृजना हुन पनि सक्दछ ।

औषत मुल्य
प्राय प्राविधिक कारोवारीहरु विभिन्न प्राविधिक सुचकहरुको क्षमता तयार गर्दछन । जस्तै औषत मुल्य जसवाट भविष्यमा खरिदारीको लागी आधार हुन्छ तर ति कारोवारीहरु कहिल्यै पुर्णरुपमा समर्थन तथा अवरोध तह पत्ता लागेको महसुस गर्दैनन । तलको चित्रवाट औषत मुल्यले पहिलेको मुल्यको आधारमा निरन्तर रुपमा रेखा परिवर्तन गरेको छ जवकि यसले कारोवारीलाइ समर्थन तथा अवरोध  पत्ता लगाउन सघाएको छ । जव मुल्य उकालो लाग्ने प्रवृति शुरु भयो शेयर मुल्यले समर्थन विन्दु पत्ता लगाउन औषत मुल्य ले सघाएको देख्न सकिन्छ तथा मुल्य तलतिर लाग्दा अवरोध कसरी भएको छ भन्ने पनि देखाएको छ 

कारोवारीहरुले औषत मुल्यलाइ विभिन्न तरिकाले प्रयोग गर्न सक्दछन जस्तै जब मुल्य औषत मुल्यलाइ नाघेर माथीतिर जान्छ मुल्य बढ्ने अनुमान लाउने,  वा जव मुल्य घट्छ कारोवारवाट बाहिरिने । औषत मुल्य रेखालाइ जसरी प्रयोग गरेपनि यसले प्रायजसो स्वचालित समर्थन र अवरोध रेखा बनाउछ । धेरैजसो लगानीकर्ताहरु धेरै वटा अवधिको औषत मुल्यलाइ आधार मानेर प्रयोग गरिरहेका हुन्छन, जसवाट जुन राम्रोसंग काम गर्छ त्यही एउटालाइ बिषेश कामको लागी प्रयोग गर्दछन ।
अन्य सुचकहरु
प्राविधिक विश्लेषणमा भविश्यको मुध्य आधार पत्ता लगाउन धेरै सुचकहरुको विकास गरिएको हुन्छ । ति सुचकहरु सवैभन्दा पहिला त अफ्ठेरा हुन्छन र यसलाइ प्रभावकारी ढंगले प्रयोग गर्न अभ्यास र अनुभवको जरुरी हुन्छ । सुचक अफ्टेरो भएपनि सहज तरिकालेनै कठिनाइ कहा छ भन्ने कुरा चै यथावत रुपमा पत्ता लाग्दछ ।
उदाहरणको लागी  ँष्दयलबअअष् चभतचबअझभलत यन्त्र अल्प अवधिकोे कारोवारीहरु बिच प्रिय छ किनकि यसले समर्थन तथा अवरोध लाइ प्रष्ट संग पहिचान गर्दछ । यसको पछाडीको कारण भनेको यस लेखको क्षेत्र भन्दा बाहिर पनि यसले समर्थन तथा अवरोधको धेरै तहहरुलाइ पहिचान गर्दछ तर तलको चार्टमा कठिन तहहरुलाइ अल्प अवधिमा मुल्यको दिशा कसरी पहिचान भएको हेरौ ।

समर्थन तथा अवरोध क्षेत्रको महत्व गणना गर्ने
हामीले भुइलाइ समर्थन तथा छतलाइ कसरी अवरोध मान्यौ भन्ने सम्झना गरौ । घरको विश्लेषणलाइ लिएर हेरौ, एउटा रवरको वल कोठामा उफ्रदा भुइ (समर्थन)लाइ छुन्छ र फर्केर छत(अवरोध) लाइ । एउटा वल जसरी भुइ र छतलाइ उफे्रर छुन्छ त्यस्तै कारोवारको साधन भनेको पनि समर्थन र अवरोध क्षेत्र विचको मुल्य समायोजनको अनुभव हो । अव कल्पना गरौ कि त्यो बल उफ्रदाको विचमा थप बल प्रयोग गरौ । यो थप प्रयास यदि माथीतिरको लागी प्रयोग भयो भने अवरोध रेखालाइ नाघ्छ र तलतिरको लागी भयो भने समर्थन रेखा लाइ नाघ्छ । जतातिर भएपनि थप बल प्रयोग पछि व बुल्स वा वियरिसको कौतुहलता ले समर्थन वा अवरोध लाइ नाघ्ने गर्दछ ।
प्रायत जव मुल्य माथीतिर जान्छ समर्थन रेखा अवरोध रेखा वन्दछ तेस्तै गरि उल्टो हुदा अवरोध रेखा समर्थन रेखा बन्दछ  । मुल्यको चार्टले कारोवारी तथा लगानीकर्तालाइ हेरेर समर्थन तथा अवरोध क्षेत्र पहिचान गर्न सघाउछ र मुल्यको तहको महत्वाको छनक दिने गर्दछ । बिषेशगरि प्राविधिकहरु निम्न आधारमा कुनै समर्थन वा अवरोध तह महत्वपुर्ण छ भन्ने पत्ता लगाउछन ।
  1. कुनै तहमा पटक पटक पुगेको आधारमा  मुख्यत उनिहरु मुल्यले कुनै तहलाइ कतिपटक छोएको छ हेर्दछन । धेरैपटक समर्थन वा अवरोध क्षेत्रलाइ छोएको छ भने त्यो तह धेरै प्रभावकारी हुन्छ । जव मुल्य समर्थन क्षेत्रलाइ वा अवरोध क्षेत्रलाइ छोएर उफ्रन्छ धेरै खरिदकर्ता वा विक्रिकर्ता त्यसै तहलाइ हेरेर कारोवारको निर्णय लिन्छन ।
  2. अघिल्लो मूल्य परिवर्तन  समर्थन तथा अवरोध क्षेत्र अघिल्लो पटक माथी व तल झरेको आधारमा धेरै प्रभावकारी हुन्छन । उदाहरणको लागी विस्तारै र ढिलो बढेको तह भन्दा छिटो र माथी माथी मात्रै वढेको वा  प्रतिस्पर्धा र कौतुहलताले माथील्लो तह छोएको क्षेत्र त्यही रोकिने सम्भावना हुन्छ । ढिलो बढेको ठाउमा कम कौतुहलता हुन्छ ।
  3. कुनै निश्चिित मुल्यको तहमा भएको शेयर परिमाण  यदि कुनै निश्चित मुल्यमा धेरै खरिद बिक्रि भयो भने त्यहा बलियो समर्थन वा अवरोध तह हुन्छ । किनकी कारोवारी तथा लगानीकर्ताले यो तह सम्झन्छन र धेरै भन्दा धेरै पटक पटक प्रयोग गर्दछन । जव अत्यधिक परिमाणमा बलियो कारोवार हुन्छ र मुल्य घट्छ त्यो विन्दुमा आएपछि धेरै बिक्रि हुन्छ किनकि कारोवारीहरु घाटामा भन्दा न नाफा न घाटाको अवस्थामा कारोवार बन्द गर्न धेरै सहज महसुस गर्दछन । 
  4. समय निश्चित समयाबधिमा यदि कुनै मुल्यको तह नियमित रुपमा भेटिरह्यो भने  समर्थन तथा अवरोध क्षेत्र धेरै प्रभावकारी हुन्छ ।
  5. तल्लो तह समर्थन र अवरोध प्राविधिक विश्लेषकहरुले प्रयोग गर्ने एउटा महत्वपुर्ण अवधारणा हो र धेरै प्रकारका प्राविधिक विश्लेषणको औजारको आधार हो । समर्थन तथा अवरोधको आधारभुत रुपमा कारोवार मुल्यको भुइको रुपमा लिइने समर्थन तह र छतको रुपमा लिइने अवरोध तहलाइ समेटदछ । मुल्य घटेर समर्थन रेखालाइ छोएपछि शेयर होल्ड गर्छन र मुल्य माथी जान्छ वा समर्थन रेखा उछिन्छ र मुल्य अझ समर्थन रेखा भन्दा तल जान्छ र अझै तल गएर अर्को समर्थन रेखा बनाउछ । भविश्यको समर्थन तह पत्ता लगाउदा छोटो अवधिको मुनाफा प्राप्त गर्न सम्भव हुन्छ किनकि यसले कारोवारीलाइ मुल्य बढ्यो भने कति माथी सम्म जान सक्छ भन्ने वास्तविक चित्र देखिन्छ । त्यस्तै अर्को तर्फ अवरोध तहपनि उत्तिकै फाइदाजनक हुन्छ किनकि यसले लामो अवधिको लगानीलाइ खराव असर गर्दछ र लगानीकर्ता ले यो तहमा शेयर बिक्रि गर्न सक्ने सम्भावना बढि हुन्छ । माथी भनिएझै समर्थन र अवरोध चिन्नु धेरै भिन्नभिन्न तरिका  छान्न सकिन्छ तर विभिन्न तरिकाका वावजुद एउटै निक्र्यौल दिन सकिन्छ यसले कुनैपनि शेयरको मुल्य कुनै दिशातिर जानवाट रोक्दछ । समर्थन र अवरोध तह नाघ्यो भने के हुन्छ भन्ने कुरा जान्न समर्थन र अवरोधको विपरित का वारेमा अध्ययन गर्नुपर्दछ ।


No comments: