Feb 6, 2019

एनएफआरएस अनुसार लाभांश क्षमता कति हो

एनएफआरएस अनुसार आएको मुनाफाबाट एनएफआरएस अनुसारका विभिन्न समायोजन गर्नुपर्ने रकम छुट्टाएर देखाईको मुनाफा वितरणयोग्य मुनाफा होइन।
त्यस मुनाफा मध्येबाट १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायीत्वमा, २० प्रतिशत साधारण जगेडामा कोषमा राख्नुपर्ने हुन्छ। यस्ता शिर्षकहरुमा राख्नु पर्ने रकम झिकेपछि आउने खुद नाफालाई उसको शेयरसंख्याले भाग गर्ने हो भने उसको वास्तविक प्रति शेयर आम्दानि देखिन्छ।
बैकको पुंजी पर्याप्तता अनुपात (क्यापिटल एडीक्वेसी रेसियो) कति प्रतिशत छ त्यो हेर्ने। यसबाट बैंकले वितरणयोग्य मुनाफाबाट कति लाभांश कसरि दिन सक्छ भन्ने अझ स्पष्ट हुन्छ। यदि कर ११ को आसपासमा छ भने उसंग बोनसको बिकल्प नै हुदैन। तर कर १२-१५ को बीचमा  छ भने मिश्रित लाभांश दिन सक्छ भने १५ भन्दा माथि हुँदा बैकको बिजनेश ग्रोथ गर्ने ठाउँ छ भने बोनस दिन्छ नत्र नगद दिएर आफ्नो नगद व्यवस्थापन गर्छ। 

No comments: