Feb 9, 2019

६० वटा लगानी सफलताको शुत्र

१. नया लगानीकर्ताकोे हैसियतमा सवैभन्दा पहिले थोरै नोक्सानी बेहोर्न तयार हुनुहोस ।
२. खरिद गरिएको मुल्य भन्दा तल ८ प्रतिशत मा नोक्सानी रोक्नुहोस अथवा यदि तपाइले खरिद गरेको शेयरको मुल्य ८ प्रतिशत घटेपछि बेचिहाल्नुस ।
३. निरन्तर सजग रहनु लगानी गर्न सिक्ने महत्वपूर्ण कुरा हो । कहिल्यै पनि हरेस खानु हुदैन ।
४. लगानी गर्न रातारात सिकिदैन । यसमा सफल हुनका लागी समय र प्रयास चाहिन्छ ।
५. सुरुवातमा राम्रो र सस्तो ब्रोकर छानेर खरिद बिक्रि गर्नूपर्छ ।
६. आफ्नै नगद लिएर सुरुवात गर्नुपर्दछ, क्रृण लिएर होइन ।
७. शेयर कारोवार सुरु गर्दा ५०००।०० (पाच हजार) बाटै सुरु गर्न सकिन्छ ।
८. धेरै तलमाथी हुने शेयरको कारोवार शुरुमै नगर्नुस ।
९. उच्च गुणस्तरको शेयरमा ध्यान दिनुहोस । बिसौवटा शेयर किनिराख्नु जरुरी छैन ।
१०. आफ्नो शेयरदेखि धेरै भावनात्मक नहुनोस । खरिद बिक्रिको नियम ध्यान मा राख्नुहोस । भावनात्मक रुपमा सोच परिवर्तन नगर्नूस ।
११. रु ५०० भन्दा कमको शेयर खरिद नगर्नुस राम्रो कम्पनिको शेयर सो भन्दा कम मूल्यमा पाइदैन ।
१२. शेयर बजारमा राम्रो आम्दानी गरेकाहरुबाट सिक्दा तपाइ पनि भोलि को दिनमा शेयर बजारमा नेतृत्व गर्न सक्नुहुनेछ ।
१३. गरिसकेको खरिद बिक्रिको विश्लेसण सदैव गर्नूस जसवाट तपाइले सफलता र गल्ति वाट सिक्न सघाउछ ।
१४. आधारभुत र प्राविधिक विश्लेषणयुक्त  लगानीको तरिकाले सवैभन्दा राम्रो शेयर छनौट गर्न सघाउछ ।
१५. आधारभुत बिश्लेषण ले कम्पनिको आम्दानी, आम्दानीको बृद्धि, बिक्रि, मुनाफा, र शेयरमा प्राप्तहुने आम्दानी लाइ मुख्यरुपमा हेर्दछ । यसले तपाइलाइ गुणस्तरिय शेयरको मात्रै छनौट गर्नको लागी उत्प्रेरित गर्दछ ।
१६. प्राविधिक विश्लेषण शेयरको मुल्य र परिमाण संग सम्वन्धित हुन्छ र तपाइको निर्णयलाइ सहि समयमा प्रयोग गर्न सघाउछ ।
१७. धेरै कमाउनको लागी तपाइले एकदमै राम्रो कम्पनिको शेयर सहि समयमा खरिद गर्नुपर्दछ ।
१८. राम्रो विक्रि र आम्दानी धेरै राम्रो कम्पनिको महत्वपुर्ण विशेषता हो ।
१९. मुल्य समायोजन वा धेरै मात्रामा आम्दानीको आधार भएको बेलामा शेयर खरिद गर्नुपर्दछ ।
२०. सधै नेतृत्वदायी वर्गको कम्पनिको शेयर छनौट गर्नुपर्दछ । शेयरबजारमा पहिलेदेखिनै नेतृत्व गरेकाहरु नै उच्च  कम्पनिहरु वा क्षेत्र भित्र पर्दछन ।
२१.उच्च स्तरका कम्पनिहरु औषधि जन्य, कम्प्युटर, सञ्चार प्रविधि, सफ्टवेयर, विशेष प्रकारको खुद्रा व्यापार, तथा मनोरञ्जनात्मक क्षेत्रका हुन्छन । नेपालमा सवै क्षेत्रका कम्पनिहरु नेप्सेमा आवद्ध भने छैनन् ।
२२. परिमाण कुनैपनि कम्पनिको शेयर वास्तविक खरिदबिक्री हो ।
२३. शेयरको मुल्य अचानक माथी जादैन । त्यहा धेरै परिमाणमा खरिदबिक्री भएको हुन्छ, बिशेषगरि ठुला लगानीकर्ता तथा म्युचुअल फण्डहरुले खरिद गरेका हुन्छन ।
२४. बिगतका शेयरबाट अत्याधिक आम्दानी गर्नेहरुलाइ अध्ययन गर्ने हो भने शेयरले केही समय अगाडी मात्रै नया रेकर्ड मुल्य बनाएको हुन्छ अनि त्यसपछि मात्रै उनिहरुले अत्याधिक आम्दानी गरेका हुन्छन ।
२५. शेयरको सबैभन्दा राम्रो चित्र भनेको “हेन्डल सहितको कप” लाइ भनिन्छ । किनकी यसले छेउबाट कफिको कपजस्तै दृश्य बनाएको हुन्छ ।
२६. सवैभन्दा राम्रो शेयर खरिदको समय भनेको पाइभोट विन्दु  हो ।
२७. शेयरले मुल्यको नया रेकर्ड बनाएको समयमा शेयरको परिमाण औषत भन्द ५० प्रतिशत भन्दा बढिले बढेको हुन्छ ।
२८. मुल्य घटि र परिमाणमा पनि घटि छ भने त्यहा पर्याप्त बिक्रि भएको छैन भन्ने बुझाउछ ।
२९. कममुल्यमा खरिद गर र बढि मुल्यमा बिक्रि गर भन्ने पुरानो तथ्यलाइ उच्च मुल्यम खरिद गर र धेरैनै उच्च मुल्यमा बिक्री गर भन्ने तथ्यले विस्थापित गर्नुपर्दछ ।
३०. तपाइले शेयरलाइ पाइभोट विन्दु  खरिद गर्न चाहनु भएको छ । कुनै पनि शेयरलाइ यसको पाइभोट भन्दा ५ प्रतिशत भन्दा माथी धकेल्नु हुदैन ।
३१. चार्ट मुल्य र परिमाण ले पटक पटक शेयरलाइ कहिले यसको उच्च मुल्यमा पुग्यो र कहिले बिक्रि गर्ने भन्ने थाहा पाउन सघाउछ ।
३२. शेयर बजारमा इतिहास आफै दोहोरिन्छ ।
३३. राम्रो कम्पनिको मुल्य ८ हप्ता वा कम समयमा यसको हालको मुल्यमा वृद्धि भइ पाइभोट बिन्दुको २० प्रतिशत सम्म माथी पुग्दछ । यदि कुनै शेयरको यस्तो प्रकृति ४ हप्ता वा कम समयमै भएमा शेयर बिक्रि गर्नु हुदैन, तपाइलाइ अत्यधिक मुनाफा हुन सक्दछ ।
३४ सामान्यतया नेप्सेको सेन्सेटिभ इन्डेक्स ले बजारको नेतृत्व गरेको हुन्छ । सामान्यतया बजारलाइ पछ्याउदा महत्वपुण हुन्छ किनकी धेरैजसो शेयरले बजारको गतिलाइ पछ्याउदछन ।
३५. शेयर बजारको वारेमा व्यक्तिगत धारणालाइ बेवास्ता गर्नुपर्दछ ।
३६. सामान्यतया दभबच mबचपभत २० देखि २५ प्रतिशत सम्म घट्दछ । नकारात्मक राजनितिक र आर्थीक गतिविधिले अझ धेरै घटाउन सक्दछ ।
३७. शेयर कहिले किन्ने र कहिले बेच्ने भन्ने कुरा जान्नु सफलताको मुख्य कडि हो ।
३८. ४ मध्ये ३ वटा शेयरक जति नै राम्रो किन नहोस यसको मुल्य ले शेयरवजारको इन्डेक्स लाइ पछ्याउने गर्दछ ।
३९. दुइ वा तिन हप्ताको अवधिमा ४ वा ५ दिन अवरोध भएपछि  बजार तलतिर झर्न थाल्दछ ।
४०. Bear markets    ले डर र अनिश्चितता श्रृजना गर्दछ । जव शेयर मुल्यले तल्लो विन्दुबाट अर्को bull market   श्रृजना गर्दछ धेरै जसोले यसलाइ पत्याउदैनन ।
४१. कुनै तलतिरको विन्दुमा इन्डेक्स ले फर्कन खोज्दछ । यसमा कुनै शेयर वा समग्र बजार माथीतिर जान खोज्दछ र केही समयावधिको घटाइ पछि शेयर मुल्य बढ्न थाल्दछ  ।
४२. धेरैजसो प्राविधिक बजार सुचकहरु कम मुल्यवान हुन्छन । मनोवैज्ञानिक सुचक ले बजारको दिशा परिवर्तत गर्दछन ।
४३. एकपटक तपाइले बजारको बढोत्तरीमा मा खरिदबिक्रीको निश्चय गर्नुहुन्छ तपाइले सवैभन्दा राम्रो शेयर छनौट गर्नुपर्दछ ।
४४. बजारवाट राम्रो कमाइ गर्नेहरुको राम्रो विक्री र आम्दानी, बढ्दो मुनाफा मार्जिन र जष्नज चभतगचल यल भत्रगष्तथ पनि धेरैे हुन्छ । तिनिहरु बजारको नेतृत्वदायी पनि हुन्छन ।
४५. चार्ट ले शेयर खरिद गर्ने उपयुक्त समय निर्धारण गर्न सघाउछ ।
४६. सामान्यतया लगानीकर्ताहरु दुइ प्रकारका हुन्छन । वृद्धि शेयरका लगानीकर्ता र कम मुल्य शेयरका लगानीकर्ता ।
४७. बृद्धि शेयरका लगानीकर्ता धेरै आम्दानी र बिक्रि भएको , उच्च मुनाफा मार्जीन भएको इकयुटी मा धेरै रिटर्न भएको  शेयर खोजी गर्दछन ।
४८. कम मुल्यका शेयर लगानीकर्ता कम मुल्य भएका र कम मुल्य अनुपात भएका शेयरको खोजी गर्दछन ।
४९. शेयर खरिद शुरु गर्दा यसलाइ सामान्य बनाउनुपर्दछ । सामान्यतया परिचित शेयर र म्युचुअल फण्डवाट लगानी शुरु गर्नुपर्दछ ।
५०. तपाइले बजारमा जे तिर्नुभएको छ त्यही पाउनुहुन्छ । कम मुल्यमा शेयर धेरै राम्रो कारणले सस्तो हुन्छन ।
५१.अप्सन बजार जोखिमपुर्ण हुन्छन किनकी लगानीकर्तालाइ शेयरको दिशा को मात्रै अधिकार हुदैन तर निश्चित समयावधिमा  उनिहरु म्ुाल्य तलमाथी हुने विश्वास गर्दछन ।
५२. फ्युचर बजार धेरैनै जोखिमपुर्ण हुन्छ यसैले लामो समयको सफल लगानी अनुभवले मात्रै शुरुवात गर्नुपर्दछ ।
५३. धेरैनै विविधिकरण गर्नु पनि जरुरी छैन । आफ्नो शेयरलाइ राम्रो संग जान्नु र निगरानी गर्नुपर्दछ ।
५४. ५० हजार देखि १लाख सम्मको एउटा कम्पनिको शेयर किन्दा राम्रो हुन्छ ।
५५. यदि तपाइसंग धेरै कम्पनिको शेयर छ र पोर्टफोलियो मा नया थप्न चाहनुहुन्छ भने कम मुनाफामुलक शेयर बिक्रि गरेर रकम जुटाउनुस ।
५६. शेयर खरिद गर्दा एउटा शेयर जति रकमको खरिद गर्ने हो शुरु खरिद गर्दा त्यसको आधा रकमको मात्रै खरिद गर्नुहोस । र शेयर मुल्य २।३ प्रतिशत बढ्दै जादा शेयर थप्दै जानुस । शेयर बढ्दा थप्दै जानुस घट्दा कहिल्यै होइन ।
५७. एउटा उपयुक्त फाइदा भएपछि शेयर बेचेर नाफा सुरक्षित गर्नुहोस ।
५८. ४० प्रतिशत शेयर शेयर खरिद गरिसकेपछि एक दुइ दिनमा नै खरिद गरिएको मुल्यमा रहन्छन । यसवाट डराएर शेयर बेचिनहाल्नुस ।
५९. प्रतिशेयर आम्दानीमा दुइ त्रैमासिकमा क्रमवद्ध रुपमा धेरैनै कमि आएको छ भने शेयर बेचिहाल्नुस ।
६०. शेयरसम्वन्धि जानकारी दिने वेवसाइट निरन्तर हेर्ने गर्नुपर्दछ ।

No comments: