Mar 12, 2019

सेयर मूल्य किन घटबढ हुने गर्दछ

स्रोत ः क्लिकमान्डु डट कम
हामीले प्रत्येक दिन, अनलाइन, रेडियो, टेलिभिजन विभिन्न पत्रपत्रिका प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न सन्चार र प्रविधि माध्यमबाट सेयर बजारको समाचारहरु पढ्ने सुन्ने गर्दछौं । बजार आज यति अंकले बढ्यो, यति अंकले घट्यो भन्ने सुन्दै आएको छौं ।
तर वास्तविकमा सबैलाई सेयर मूल्य किन र कसरी घटबढ भयो भन्ने चित्त बुझ्दो जवाफ पाइएको हुँदैन । सबै विश्लेषक लगानीकर्ताहरुका आ–आफ्नै धारणा हुन्छन् । सेयर बजार मूल्य घटबढ हुनु आफ्नो सिद्दान्त हुन्छ । हामीले जसरी अर्थशास्त्र पढ्दै आएका छौं । मूल्य निर्धारण माग र आपूर्तिको सिद्दान्त अनुसार हुने गर्छ । त्यस्तै सेयर बजारमा पनि माग र अपूर्ति नियम अनुसार घटबढ हुने गर्दछ ।
सेयर मूल्य कुनै एक व्यक्ति, कुनै समुहले र सम्बन्धीत कम्पनीको पदाधिकारीहरुले निर्धारण गर्ने वा तोक्ने भन्ने हुँदैनन् । यसरी कुनै पनि कानुन निति नियम बनाएर यति नै मूल्य हुनुपर्छ भनेर कुनै तोकिने कुरा पनि होइन । आफैं बजारले नै मूल्य निर्धारण गर्दछ । यसरी अर्थशास्त्रको माग र आपूर्तिकको सिद्दान्त अनुसार हामीले उपभोग गर्ने वस्तुको माग बढ्दै गयो ।तर आपूर्ति कम हुँदै गयो भने मूल्य बढ्छ ।
त्यसरी नै माग कम भयो तर आपूर्ति बढी भयो भने मूल्य घट्छ । त्यसैगरी, सेयर बजारमा पनि कुनै कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताहरु बढ्दै गए । तर विक्री गर्ने कम भए भने त्यस कम्पनीको सेयर मूल्य बढ्ने सम्भावना धेरै हुन्छ । अर्को अवस्था चाहीँ बिक्री गर्ने बढी र खरिद गर्ने कम भए भने मूल्य घट्छ ।
सेयरमा कहिले काही बजारमा यस्तो अवस्था आउँछ धेरै माग नहुने कम्पनीहरु किन्दा क्रेताहरुको अभावमा विक्रेताले बाध्य भएर मूल्य घटाएर पनि विक्री गर्नु पर्ने अवस्था आउँछ । जसले गर्दा प्रत्येक दिन, प्रत्येक समय समयमा हुने सेयर खरिद तथा विक्री कारोबार बिच असन्तुलन हुन गई सेयरको मूल्यमा घटबढ सिर्जना हुन आउँदछ ।
अर्को महत्वपूर्ण जानु पर्ने याद गर्नु पर्ने कुरा यदि भविष्यमा बढी प्रतिफल दिनसक्ने क्षमता भएका कम्पनी, वित्तीय स्थित, वित्तीय विवरण सुदृढ हुँदै गएका आफ्नो लगानी सुरक्षित गर्न सफल भएका कम्पनी खराब कर्जा कम भएका प्रतिसेयर आम्दानी बढाउँदै लगेको प्रत्येक वर्ष बोनस र नगद लाभांश राम्रो प्रतिफल दिएका देशको अर्थतन्त्र उतर चढाब आउँदा पनि मूल्यमा त्यस्तो घटबढ नभई क्रेताहरुको रोजाइमा रहन गएको कम्पनी प्रति सेयरको माग बढी र आपूर्ति कम हुन्छ । जसले गर्दा पनि मूल्य बढ्छ ।
त्यस्तै, अर्को विपरीत अवस्था मूल्य घट्नुको अवस्था पछाडी भनिएमा नाफा दिन नसक्ने प्रत्येक वर्षको रिपोटमा नाफा कमी हुँदै गएका खराब कर्जा वृद्धि हुँदै गएका, कम्पनी कमजोर व्यवस्थापन प्रति सेयर आम्दानी घट्दै गएको वोनस र नगद लाभांश घट्दै गएको, अर्थतन्त्रका आर्थिक सूचांकहरु कमजोर हुँदा त्यसको प्रत्यक्ष असर कम्पनी नोक्सानीमा गई कम्पनीनै बन्द गर्नु पर्ने स्थिति सिर्जना हुनसक्ने कम्पनीको सेयर को माग कम हुन्छ । त्यो कम्पनीको त्यति नै सेयर मूल्य घट्ने सम्भावना धेरै हुन्छ । यस्तो कम्पनीमा लगानी गर्न चाहाने लगानीकर्ताको संख्या कम हुन्छ ।
माग कम हुँदै जाँदा सेयर विक्री गर्न लामो समय लाग्ने आफुले चाहेको बेला विक्री गर्न लामो समय लाग्ने आफूले चाहेको बेला विक्री गर्न नसकिने र विभिन्न वित्तीय संस्थाबाट धितो राखी ऋण लिन पनि नसकिने हुन्छ ।
त्यस्तै कम्पनीको सेयर मूल्य घटबढ गराउने अर्को महत्वपूर्ण तत्व पनि कम्पनीको भावी योजनाले महत्वपूर्ण भूमिका खेल्दछ । कम्पनीले यो वर्ष कम नाफा आर्जन गरेको भए पनि भविष्यमा त्यो कम्पनीले लगानी गरेको क्षेत्रहरुबाट विगतको भन्दा नाफा बढ्ने सम्भावना देखाउँछ । र, सेयर होल्डरहरुलाई राम्रो बोनस तथा नगद लाभांश दिनसक्ने संभावना धेरै हुन्छ ।
अर्को महत्वपूर्ण विषय विगतमा राम्रो प्रगति गरेको कम्पनीहरुले भविष्यमा पनि त्यस्तै प्रतिफल दिन्छ भनेर भन्न सकिँदैन जस्तो उदाहरण दिनुपर्दा आजभन्दा करिब ७ वर्ष अगाडि स्टान्र्डर चार्टर बैकको प्रतिकित्ता सेयरको मूल्य ८ हजारदेखि ९ हजार थियो भने प्रतिसेयर आम्दानी ७० रुपैयाँ थियो । अहिले त्यो बैंकको सेयर मूल्य ७०० वरिपरि रहेको छ । प्रतिसेयर आम्दानीमा ह्रास आएको छ नाफा वृद्धिमा त्यस्तो राम्रो भन्ने अवस्था छैन । व्यापार खुम्चिँदै गएको छ । जसले गर्दा लगानीकर्ताहरु त्यो कम्पनीको सेयरप्रति माग बढेर नगएको देखाउछ । मूल्यमा ह्रास गएको देखाउँछ ।
त्यस्तै, सेयर मुल्यमा घटबढ हुनुको पछाडी कम्पनी व्यवस्थापना निकायमा संग्लन प्रधाकारीहरुले गर्ने कार्य, नितिनियम, समय समयमा कम्पनीप्रति आइपर्ने मुद्दाले खेपिरहेको भए, कर्मचारीको हडताल चेतावनी जस्ता गतिविधिले कम्पनीको भविष्यलाई नकारात्मक असर पार्नुको साथसाथै सेयरको माग कम हुँदै जान्नु र बिक्री गर्नेको संख्या बढदै जानुले मुल्य घट्दै जान्छ ।
अर्को सेयर मुल्यलाई घटबढ पर्ने तत्वहरुमा बेला बेला आउने समाचारहरु सञ्चार माध्यमले सम्प्रेष्ण गर्ने सेयर बजार सम्बन्धी सकारात्मक तथा नकारात्मक समाचारले पनि सेयर मुल्यमा उतारचढाव आउने गर्छ ।
अर्को तत्व सेयर बजार मुल्यमा घटबढ हुनुमा बैक तथा वित्तीय संस्थाको ब्याज परिवर्तनले महत्वपूर्ण भूमिका खेल्दछ । जब बैक ब्याजदर बढ्दै जान्छ सेयर मुल्य घट्न थाल्छ । लगानीकर्ताहरुले सेयरमा लगानी गर्नु भन्दा बैकको बचतको ब्याजप्रति आकर्षण हुन्छन् । ब्याजदर घट्दा सेयर मूल्य बढ्न जान्छ । बैकको ब्याज खानुभन्दा सेयरमा लगानी गर्दा राम्रो प्रतिफल आउँछ ।
सेयर बजार मूल्य घटबढ हुनुमा अर्को महत्वपूर्ण तत्व भनेको मौद्रिक नीति हो । मौद्रिक नीति राष्ट्र बैकले जारी गर्ने गर्दछ । समग्र देशको अर्थतन्त्रलाई सुदृढ पारदर्शिता बनाउनको बैक तथा वितिय संस्थालाई सुसान कायम गर्दा हरेक कृषि साथै औद्योगिक जलविधुत अन्य क्षेत्रमा लगानी गर्न मापदण्ड तोकि दिएको हुन्छ ।
त्यसले गर्दा पनि सेयर मुल्य घटबढ हुनुमा प्रत्येक्ष प्रभाव पार्दछ । जसरी २०७२ साउनमा राष्ट्र बैकले आफ्नो मौद्रिक नीतिमा प्रत्येक बैक तथा वित्तीय संस्थालाई चुक्ता पुँजी वृद्धि गर्नुपर्ने भन्दै समय अवधि दिएर पुँजी वृद्धि गर्न लगायो । सबै बैंक तथा वित्तीय संस्थाहरुले बोनस, हकप्रद सेयर, र मर्जर एक्विजिसनमार्पmत आफ्नो पुँजी बढाए । त्यही पुँजी वृद्धि मौद्रिक नितिमा आउँदा नेपालको सेयर बजार एउटा इतिहास रच्यो । हालसम्मकै १८८१ विन्दु सम्म पुग्यो । सबै कम्पनीहरु सेयर मुल्यमा वृद्धि भयो प्रयक्ष-अप्रत्यक्ष रुपमा देशको मौद्रिक नीतिले पनि सेयर बजारको मुल्यमा घटबढ पार्दछ ।
सेयर मुल्यमा प्रभाव पार्ने अरु तत्वहरुमा कम्पनीको नाफा नोक्सान, कम्पनीले वितरण गर्ने लाभांश राजनीतिक परिवर्तन, देशमा रोजगारीको स्थिति अर्थतन्त्र, कम्पनीको भावी रणनिति उद्देश्य योजना, कानुनी परिवर्तन, कम्पनीको सञ्चालक र नियत आदि तत्वहरुले प्रभाव पार्दछन् ।

No comments: