Mar 7, 2019

सेयर बजारमा मार्जिन कारोबार सम्बन्धि कार्यविधि

स्रोत ः बिज्पाटी डट कम
सेयर बजारमा मार्जिन कारोबार सम्बन्धि कार्यविधि लागू भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्यबिधि लागू गरेपश्चात लगानीकर्तामा एक प्रकारको उत्साह देखिएको छ। तर कार्यबिधिअनुसार नेप्सेमा सुचिकृत सबै कम्पनीका सेयर हुनेले यस्तो सुविधा प्राप्त गर्ने छैनन।
मार्जिन सुविधा प्राप्त गर्नका लागि कार्यबिधिमा तोकिएका सर्त पुरा गरेको हुनुपर्छ। मापदण्ड र बिभिन्न सर्तहरुका कारण बजारमा सुचिकृत २१८ कम्पनी मध्ये करिब २५ प्रतिशतले मात्र यस्तो सुविधा प्राप्त गर्ने देखिन्छ। 
मार्जिन सुबिधा प्राप्त गर्नको लागि तोकिएका शर्त पुरा गरेका कम्पनी मात्र योग्य हुनेछन्| मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि २०७५ को परिच्छेद– ३ मा मार्जिन कारोबारयोग्य धितोपत्र सम्बन्धी व्यवस्था गरिएको छ | सो व्यवस्था अनुसार सदस्य दलाल व्यवसायीले देहाय अनुसार तोकेको धितोपत्रमा मात्रै मार्जिन कारोबार सुविधा दिनुपर्नेछ । तोकिएका शर्तमा (क) कम्तिमा १० हजार शेयरधनी भएको, (ख) कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजी भन्दा कम नरहेको, (ग) पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको, (घ) दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, (ङ) आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीलाई मात्र मार्जिन सुबिधा दिनुपर्नेछ|
अहिले तोकिएका सर्त बन्देज नेप्सेले बेला बेलामा परिवर्तन गर्न सक्नेछ। सदस्य दलालले तोकिएको योग्यता पुगेका जुनसुकै कम्पनीको शेयरमा मार्जिन सुबिधा नदिन सक्नेछ| तोकिएका शर्त हेर्दा संख्यात्मकरुपमा बढी वाणिज्य बैंकका शेयर खरिदमा यो व्यवस्था लागु हुनसक्ने देखिएको छ | त्यसपछि अरु समुहका केहि थोरै कम्पनीका शेयर खरिदमा यस्तो सुबिधा प्राप्त हुने देख्न सकिन्छ |
समुहगतरुपमा हेर्दा देखिने चित्र यस्तो छ :
वाणिज्य
विकास बैंक
वित्त
जलविद्युत
उत्पादन तथा प्रशोधन
होटेल
लघुवित्त
नेपाल इन्भेष्टमेन्ट
गरिमा
जानकी
सानिमा माई
बोटलर्स नेपाल
सोल्टी
डिप्रोक्स
ग्लोबल
मुक्तिनाथ
सिर्जना
चिलिमे
बोटलर्स नेपाल (तराई)
फ्रष्ट
सनराइज
महालक्ष्मी
पोखरा
वुटवल
युनिलिभर
फरवार्ड
हिमालयन
कैलाश
ङादी पावर
हिमालय डिस्टिलरी
ग्लोबल लघुवित्त
नेपाल बंगलादेश
गण्डकी
मेरो
माछापुच्छ्रे
शाइन
नेशनल
एनआईसि
कन्चन
नेरुडे
एभरेष्ट
मिसन
निर्धन
सानिमा
तिनाउ
एनएमवि लघुवित्त
सिद्धार्थ
आरएमडीसि
एनएमबि
विजय





माथिको तालिका मोटामोटी अनुमान मात्र हो| यो तालिका तयार पार्दा पुष मसान्तभित्र साधारणसभा सम्पन्न गरेको र १० प्रतिशत लाभांश वितरण गरेको दुईवटा आधार मात्र लिईएको छ| वर्षभरिमा कम्तिमा ८० प्रतिशत दिन कारोबार हुनुपर्ने शर्त अनुसारको आधार यसमा लिइएको छैन | यसलाई पनि आधार लिँदा संख्या अझै घट्न सक्छ| ३४ प्रतिशत लाभांश वितरण गरेको भए पनि नबिल बैंक साधारणसभा नगरेको कारण बाहिर परेको छ | त्यस्तै स्ट्याण्डर्ड चार्टड बैंक पनि बाहिरिएको छ | कुमारी, सिविल, नेपाल क्रेडिट एण्ड कमर्श बैंक भने दुइ वर्ष देखि साधारणसभा नगरेका कम्पनी भएकाले स्वत बाहिरिएका छन् |
जलविद्युत समुहको सबैभन्दा धेरै पूँजी भएको तामाकोशीको शेयर किन्न मार्जिन सुबिधा उपलब्ध हुने छैन| अन्य समुहको नेपाल टेलिकमले मार्जिन सुबिधा पाउने छ | यहि समुहको हाइड्रोइलेक्ट्रीसिटी डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले यस वर्ष भने पाउने देखिएको छ | अर्को वर्षदेखि यसले पनि नपाउने सम्भावना बढी छ |
मार्जिन सुधिवा एउटा कम्पनीमा लिएर अर्को कम्पनीको शेयर किन्न सकिन्न| बिमा समुहका कुनै पनि कम्पनीका शेयर खरिदमा यस्तो सुबिधा प्राप्त नहुने देखिएको छ| सूचीकृत दुवै समुहका बिमा कम्पनीका शेयर किन्न मार्जिन सुबिधा पाउने छैनन| बिमा समुहका कुनै पनि कम्पनीले अहिलेसम्म साधारणसभा गर्न सकेका छैनन|लघुवित्त समुहको तुलनात्मकरुपमा बलियो मानिएको छिमेकको शेयर किन्न यसपटक मार्जिन सुबिधा पाउने छैनन|
कसरि लिने मार्जिन सेवा
यो सुविधाका लागि लगानीकर्ताले सबैभन्दा पहिले सेयर ब्रोकर कार्यालयमा गएर निवेदन दिनुपर्ने हुन्छ। निबेदन पश्चात धितोपत्र बोर्डले तयार पारेको ढाँचामा लगानीकर्ताले ग्राहक विवरण (केबाइसी) भर्नुपर्छ। केवाइसी खाता खोलेको पन्ध्र दिनपछि मार्जिन कारोबारका लागि ब्रोकर र लगानीकर्ताका बीच अलग्गै सम्झौता हुन्छ। त्यसपछि मार्जिन कारोबारका लागि खाता खुल्छ र लगानीकर्ताले मार्जिन सेवा प्राप्त गर्छ।
ब्रोकरले यो सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १८० दिनको औसत वा बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश दिनुपूर्व नै मार्जिनका रुपमा लिनुपर्ने हुन्छ। तर मार्जिन सेवाका लागि व्याजदर निर्धारण लगानीकर्ता र ब्रोकरको सहमतिमा हुने बताइएको छ र व्याजदरमा बदनियत देखिए धितोपत्र बोर्डले हस्तक्षेप गर्नसक्ने कार्यविधिमा उल्लेख छ।
सदस्य दलाल व्यवसायीले प्रत्येक लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन (Actual Margin)  दैनिक रुपमा गणना गर्नुपर्नेछ ।मार्जिन कारोबार सुविधाको लागि सम्भार मार्जिन चालिस (४०) प्रतिशत हुनेछ ।  सदस्य दलाल व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम चालिस (४०) प्रतिशत वास्तविक मार्जिन कायम गर्नु पर्नेछ।
मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा कम हुन आएमा सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नेछ ।  मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले नगद वा मार्जिन कारोवार योग्य धितोपत्रहरु जम्मा गरी वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम गर्नु पर्नेछ ।
वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम गर्न लगानीकर्ताको हितग्राही खाताबाट मार्जिन खातामा धितोपत्र स्थानान्तरण गर्दा नियमानुसार शुल्क लाग्नेछ । मार्जिन कल गरेको तेस्रो कार्यदिनभित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि नपु¥याएमा वा मार्जिन खाता अन्तर्गतका धितोपत्रहरुको बजार मूल्यमा आएको परिवर्तनलेसो मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम हुन नसकेमा सदस्य दलाल व्यवसायीले चौथो कार्यदिनमा वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्र बिक्री गर्न सक्नेछ ।
 मार्जिन कल गरेपश्चात कुनै पनि समयमा मार्जिन खातामा लगानीकर्ताको वास्तविक मार्जिन तीस (३०) प्रतिशत वा सो भन्दा तल आएमा सदस्य दलाल व्यवसायीले लगानीकर्ताको मार्जिन खातामा वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम गर्न आवश्यक पर्ने धितोपत्रहरु बिक्री गर्नेछ । यसरी धितोपत्र बिक्री गर्दा सदस्य दलाल व्यवसायीलाई लगानीकर्ताको अनुमति आवश्यक पर्ने छैन्।
मार्जिन कर्जाको भाखा समाप्त भई नवीकरण नभएको वा नगद भुक्तानी गरी मर्जिन कर्जा चुक्ता नगरेको अवस्थामा बाहेक सदस्य दलाल व्यवसायीले अन्य कुनै कारणले मार्जिन खातामा रहेका शेयर बिक्री गर्न सक्ने छैन ।
मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुमा सूचीकृत संगठित संस्थाहरुले बोनस शेयर जारी गर्ने भएमा दाखिल खारेज बन्द पश्चात्मार्जिन खाताको वास्तविक मार्जिन गणना गर्दा उक्त धितोपत्रहरुले प्राप्त गर्ने बोनस शेयरलाई बजार मूल्यको पचास (५०) प्रतिशत मूल्याङ्कन गरिनेछ । त्यसरी प्राप्त हुने बोनस शेयर स्वतः धितोबन्धकमा जानेछ ।
मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुमा सूचीकृत संगठित संस्थाको विषेश वा साधारण सभाले हकप्रद शेयर जारी गर्ने भएमा सदस्य दलाल व्यवसायीले हकप्रदको अनुपात हेरी उक्त धितोपत्रहरुको लािग मात्र छुट्टै सम्भार मार्जिन तोक्न सक्नेछ ।
सम्भार मार्जिन भन्दा वास्तविक मार्जिन कम हुन आएमा ७ (सात) कार्य दिनको समय दिई वास्तविक मार्जिन संभार मार्जिन भन्दा माथि कायम गर्न सदस्य दलाल व्यवसायीले निश्चित प्रतिशत मार्जिन कल गर्न सक्नेछ । ७ (सात) कार्य दिनमा ब्यवसायीले तोकेको सम्भार मार्जिन कायम गर्न नसकेमा आठौ कार्य दिन पश्चात् वा खता बन्द  हुनु भन्दा ५ (पाँच) दिन अगावै वास्तविक मार्जिन सम्भार मार्जिन भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्रहरु बिक्री गर्न सक्नेछ ।
मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुको कारोबार मर्जर, एक्युजिसन वा अन्य कुनै कारणले बन्द भएको अवस्थामा सो धितोपत्र समावेश भएको समूहगत परिसूचक बीस (२०) प्रतिशत भन्दा धेरैले घटेमा सम्बन्धित लगानीकर्तालाई सात (७) दिनको समय दिई उक्त धितोपत्र बापतको मार्जिन ऋण तथा सोसंग सम्बन्धित अन्य दायित्व चुक्ता गर्न सदस्य दलाल व्यवसायीले सूचित गर्न सक्नेछ ।
त्यसरी सूचित गरेको सात (७) कार्य दिनभित्र उक्त धितोपत्र बापतको मार्जिन ऋण चुक्ता नगरेमा मार्जिन खाता अन्र्तगतका अन्य शेयर बिक्रि गरी उक्त धितोपत्र वापतको मार्जिन कर्जा असुल उपर गर्न सदस्य दलाल व्यवसायीले सेयर बिक्री गर्न सक्नेछ । मार्जिन कर्जा अन्तगत रहेका अन्य धितोपत्रहरु नरहे वा रहेका धितोपत्रहरुले हिसाव राफसाफ हुन नसकेमा उपदफा ११ बमोजिको शेयरहरु नेप्सेले उपलब्ध गराएको प्रणाली मार्फत बिक्री गरी मार्जिन कर्जाको हिसाब राफसाफ गर्न सक्नेछ । 
मार्जिन कल पश्चात नगद वा थप धितोपत्र जम्मा गरिएको मार्जिन खातामा रहेका धितोपत्रको बजार मूल्य वृद्धि भई वास्तविक मार्जिन सुरु मार्जिन भन्दा बढी हुन गएमा सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन सुरु मार्जिन भन्दा कम नहुने गरी थपिएको नगद वा धितोपत्र फिर्ता लिन वा बिक्री गर्न सक्नेछ। सदस्य दलाल व्यवसायीले सेयर बिक्री पश्चात सम्बन्धित लगानीकर्तासँग हिसाव फछ्र्याैट गरी सोको जानकारी नेप्सेलाई गराउनु पर्नेछ ।

No comments: