Mar 5, 2019

३० खर्ब रुपैयाँको अर्थतन्त्रलाई जित्यो बैंकिङ क्षेत्रको निक्षेपले

स्रोत ः बिजमान्डु डट कम
 बैंक तथा वित्तीय संस्थाहरुले उठाएको निक्षेप कुल अर्थतन्त्रको आकारभन्दा माथि पुगेको छ। सहकारी र लघुवित्तको समेत जोड्ने हो भने यो निक्षेपको हिस्सा अझ बढ्ने छ।



अहिले अर्थतन्त्रको आकार ३० खर्ब सात अर्ब रुपैयाँको छ। बैंक तथा वित्तीय संस्थासँग निक्षेप भने ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। यो तथ्यांक पुस मसान्तसम्मको हो। यस हिसाबले कुल अर्थतन्त्रको आकारमा निक्षेपको हिस्सा करिव २ प्रतिशत बिन्दु माथि पुगेको छ।

बाणिज्य बैंकहरुसँग भएको निक्षेपको हिस्सा मात्र ८८.३५ प्रतिशत छ। विकास बैंकहरुको ११.३६ प्रतिशत र फाइनान्स कम्पनीहरुको २.२५ प्रतिशत पुगेको छ। निक्षेप मात्र होइन ऋणको हिस्सा पनि बढदो छ। कुल अर्थतन्त्रको आकारसँग तुलना गर्दा ऋणको आकार ९१.२ प्रतिशत छ। 

यसमा बाणिज्य बैंकहरुको ऋण ७९.०२ प्रतिशत छ। विकास बैंकहरुको १०.०९ प्रतिशत छ भने फाइनान्स कम्पनीहरुको २.०९ प्रतिशत छ। राष्ट्र बैंकका अनुसार, कुल ऋणमा बैंकिङ क्षेत्रको खराब कर्जा अंश २ प्रतिशत माथि पुगेको छ। बाणिज्य बैंकहरुको २.२१ प्रतिशत छ भने विकास बैंकको १.१२ र फाइनान्स कम्पनीको १०.४६ प्रतिशत खराब कर्जा छ। औषत भने २.३४ प्रतिशत मात्र छ।

No comments: